मुख्य समाचार
एमालेलाई बदनाम गर्न मिथ्या प्रचार गरे : केपी ओली
एमालेलाई बदनाम गर्न मिथ्या प्रचार गरे : केपी ओली

: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई विकासको बाटोतर्फ अघि बढाउने राष्ट्रिय शक्ति एमालेलाई निर्णायक तहमा पुग्न नदिन मिथ्या प्रचार गरिएको बताएका छन्।


बिहीबार भक्तपुरमा आयोजित एमाले जिल्ला कमिटी भक्तपुरको नवनिर्वाचित कमिटीको सपथ तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई निर्णायक तहमा पुग्न नदिन पशुपतिको जहलरीदेखि गिरिबन्धुसम्मको मिथ्या प्रचार गरिएको बताए।

गिरीबन्धुलाई बेथिति गर्नबाट रोक्नका लागि एमाले सरकारले कानुन बनाएकै कारण बेचेर खान नपाइने भयो भनेर एमालेको विरोधमा स्यालहुँइया मच्चाएको उनले बताए। उनले कांग्रेस वर्षौंसम्म सरकारको नेतृत्व गरेर बसे पनि सिन्को भाच्न नसकेको बताए। धाँधली गरेर कांग्रेसले चुनाव जितेको भन्दै स्वस्थ प्रतिस्पर्धामा आउन चुनौती दिए।




ओलीले देशलाई विकास गर्नका लागि एमालेलाई स्पष्ट बहुमत चाहिएको भन्दै मिसन ८४ मा केन्द्रित हुन निर्देशन दिए। ओलीले पार्टीभित्रको एकताकै कारण एमाले सिध्याउँछौं भन्नेहरू असफल भएको बताए। उनले पार्टीभित्र अन्तरसंघर्ष नभई अन्तरसंबादका माध्यमबाट अघि बढ्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने बताएका छन्। कांग्रेस प्रतिपक्षमै बसेर भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ। 'पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रष्टता र प्रतिबद्धताको आवश्यकता छ। यसलाई पूर्णरूपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्‍याउन सकिन्छ,' उनले भने। महामन्त्री थापाले असारभित्र महासमिति बैठक बसेर पार्टीलाई ...
: संघीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारीको मागबारे सहजिकरण गर्न कानुन,न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीलाई तोकिएको छ । सङ्घीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष बैठकले त्यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको उपस्थितिमा बसेको बैठकमा सभामुख देवराज घिमिरे,राष्ट्रिय ...
: आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाका लागि छुट्टै सिट निर्धारण गर्र्नुपर्ने माग विपक्षी कांग्रेसमा उठेको छ। नेपाल महिला संघले काठमाडौंमा गरेको कार्यक्रममा नेताहरूले प्रत्यक्षतर्फ महिलालाई टिकट दिनै पार्टीहरूले कञ्जुस गरिरहेको भन्दै महिलाका लागि अब अलग्गै सिट निर्धारण गर्नुपर्ने बताए। संसद्मा महिलाको उपस्थिति व्यवहारमै बढाउनका लागि यस्तो व्यवस्था गर्नैपर्नेमा कांग्रेसका नेताहरूले जोड दिए। कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री ...
: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन्। जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आदीवासी जनजातिहरूको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन्। 'आदीवासी जनजाति पहिचानको महत्त्वपूर्ण आधार र परम्परागत रीतिरिवाज हो,पुर्ख्यौली जमिनलाई आस्थाको प्रतीक मान्दै आदीवासी जनजातिले ...
: नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक आज सुरु भएको छ। काठमाडौंमा आज सुरु भएको १६ औँ बैठकमा नेपाल र चीन बीच द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ पक्षबाट चीनका उपविदेशमन्त्री सुन वेइडोङले गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार नेपालले छलफलका लागि ...