मुख्य समाचार
नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश विजयी
नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश विजयी

: आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशले नेपाललाई पराजित गरेको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा भएको अन्तिम खेलमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गरेको हो।


टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो। जवाफी ब्याटिङका क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र जोडेको हो। नेपालले लगातार तीन विकेट गुमाएको थियो।

नेपालका लागि कुशल मल्लले ४० बलमा सर्वाधिक २७ रनको योगदान गरे। उनले १ चौका र १ छक्का प्रहार गरे।




यसैगरी दीपेन्द्रसिंह ऐरीले २५ रनको योगदान गरे। उनले ३१ बलमा एक छक्का र २ चौका प्रहार गरे। ओपनर आशिफ शेखले शेखले १४ बलमा चार चौका प्रहार गर्दै १७ रन बनाए। कुशल भुर्तेलले ८ बलमा एक चौका प्रहार गर्दै बाहिरिए। रोहितकुमार पौडेल ६ बल र सन्दीप जोराले बलमा १/१ रनको योगदान गरे। सोमपाल कामी, गुलशन झा, अभिनाश बोहोरा शून्य रनमा आउट भए। लगातार विकेट जाँदा क्रिजमा आएपनि सन्दीप लामिछानेले ब्याटिङ गर्न पाएनन्।

बंगलादेशका लागि तन्जिम हसन साकिबले सर्वाधिक ४ विकेट,मुस्ताफिजुर रहमानले ३ विकेट,शकिब अल हसनले २ विकेट र तस्किन अहमदले १ विकेट लिए।null

त्यस अगाडि बंगलादेशका लागि शाकिब अल हसनले १७ रन, महमुदुल्लाह र रिशाद हुसेनले १३/१३ रन, जाकिर अली र तस्किन अहमदले १२/१२ रन, तौहिद हृदयले ९ रन, नाजमुल हसिन सान्तोले ४ रन, नान्जिम हसन साकिब र मुस्ताफिजुर रहमानले ३/३ रनको योगदान गरे। तान्जिद हसन शून्य रनमै आउट भए।

नेपालका लागि रोहितकुमार पौडेल,सन्दीप लामिछाने,सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए। योसँगै बंगलादेश सुपर आठमा प्रवेश गरेको छ।

सन्दीप लामिछाने बने टी-२० आईमा १०० विकेट पूरा गर्ने पहिलो नेपाली बलर

नेपालका पुर्वकप्तान एवम् लेगस्पिनर सन्दीप लामिछाने टी२० आईमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। आईसीसी टी-२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा सोमबार बिहान भएको खेलमा दुई विकेट लिएसँगै लामिछाने छिटो १०० विकेट पूरा गर्ने पहिलो नेपाली बलर बनेका हुन्। null

उनले ५४ औं खेलमा १ सय विकेट पूरा गरेका हुन् । १६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै लामिछानेले विकेट पूरा गरे । त्यस अगाडि उनले १४ ओभरको दोस्रो बलमा बंगलादेशका तन्जिम हसन साकिब आउट गरेका थिए।null

अघिल्लो खेलमा चुक्दा पहिलो बलर बन्नबाट लामिछाने चुकेका थिए। अफगानिस्तानका रासिद खानको नाममा छिटो सय विकेट पूरा गर्ने खेलाडीको नाम रहेको छ । उनले ५३ खेलमा १०० विकेट लिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...