मुख्य समाचार
निराशाजनक ब्याटिङसँगै नेपालको विश्वकप यात्रा समाप्त
निराशाजनक ब्याटिङसँगै नेपालको विश्वकप यात्रा समाप्त

— लगातार दोस्रो खेलमा पनि मध्यम स्कोर पछ्याउन नसकेपछि नेपालले ट्वान्टी-२० विश्वकप क्रिकेटमा जितविहीन यात्राका रूपमा टुंगाएको छ । बंगलादेशले आइतबार नेपाललाई २१ रनले पराजित गर्‍यो । १ सय ७ रनको लक्ष्य लिएर आएको नेपाल १९.२ ओभरमा ८५ रनमा अलआउट भयो ।

टस हारेर ब्याटिङमा निम्त्याएको बंगलादेशलाई १९.३ ओभरमा १ सय ६ रनमा अलआउट गरेको थियो । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले छैटौं विकेटमा ५२ रनको साझेदारी गरे पनि नेपालले अन्तिम ४ विकेट केवल १ रनमा गुमाएको थियो । यस जितसँगैं बंगलादेशले सुपर ‘एट’ मा स्थान पक्का गरेको हो ।

सेन्ट भिन्सेन्टस्थित आर्नोस भेल मैदानको स्पिनमैत्री विकेटमा बंगलादेशका सिमरहरू चम्किएका थिए । तान्जिम हसन शकिब र मुस्ताफिजुर रहमानले सानदार बलिङ गरेपछि बंगलादेशले लो स्कोरिङ खेलमा विजय हात पारेको हो । तान्जिमले ४ ओभरमा २ मेडन राख्दै ७ रन खर्चेर ४ र मुस्ताफिजुरले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर १ विकेट लिए । अर्का तीव्र बलर तास्किन अहमदले गुलशन झालाई शून्यमा आउट गरेका थिए ।

कुशलले खेलकै सर्वाधिक २७ रन बनाए । उनले आफूले सामना गरेको ३५ औं बलमा पहिलो चौका प्रहार गरेका थिए । ४० बल खेलेका उनले समान एक चौका र छक्का प्रहार गरे । दीपेन्द्रले ३१ बल खेली २ चौका र १ छक्का प्रहार गरी २५ रन बनाए ।

नेपालले पावर प्लेको ३६ बलमा २४ डट बल खेलेको थियो, त्यसमा तान्जिम हसन शकिबले लगातार दुई मेडन ओभर फालेका थिए । कुशल भुर्तेललाई ४ रनमा बोल्ड गरेका तान्जिमले अनिल शाहलाई शून्य र कप्तान रोहित पौडेललाई १ रनमा आउट गरी नेपाललाई पावर प्लेमा २६–५ को स्थितिमा पुर्‍याइदिए ।

आसिफ शेखले १४ बलमा ४ चौका प्रहार गरी १७ रन बनाए । उनी मुस्ताफिजुरको बलमा आउट भए । पावर प्लेपछिको अर्को ओभरमा तान्जिमले सन्दीप जोरालाई आउट गरे । ८ बल खेलेको जोराले १ रनमात्र बनाउन सके ।

यसअघि सोमपाल कामी, रोहित, दीपेन्द्र र सन्दीप लामिछानेले २–२ विकेट लिएपछि नेपालले टेस्ट राष्ट्र बंगलादेशविरुद्ध सामान्य लक्ष्य पाएको थियो । नेपालले सानदार सुरुआत गरेको थियो । सोमपालले पहिलो बलमै तान्जिद हसनलाई कट एन्ड बोल्ड गरी नेपाललाई स्वर्णिम सुरुआत दिलएका थिए । दोस्रो ओभरमा दीपेन्द्रले कप्तान नजमुल हसनलाई ४ रनमा बोल्ड गरे । पाँचौं ओभरमा सोमपालले लिट्टन दासलाई १० रनमा विकेटकिपर आसिफबाट क्याच गराए ।

पावर प्लेको अन्तिम ओभरमा आफैं बलिङमा आउने रोहितको निर्णय आश्चार्यजनक थियो । उनले खेलको छैटौं ओभरको चौथो बलमै तोवहिद हृदयलाई सन्दीपबाट सानदार क्याच गराएपछि बंगलादेश पावर प्लेमा ३१–४ को स्थितिमा पुगेको थियो ।

भेट्रान महमदुल्लाहलाई रनआउट गरेपछि नेपालले पहिलो १० ओभरमा बंगलादेशलाई ५७–५ को स्थितिमा रोकेको थियो । शकिब अल हसनले ड्राइभ गरेको बलमा महमदुल्लाह नन स्ट्राइकबाट रनका लागि दौडिएपछि हातैको बलबाट गुलशन झाले सन्दीप मार्फत रन आउट गरेका थिए ।

रोहितले अनुभवी शकिबलाई पनि लामो समय टिक्न दिएनन् । रोहितको बलमा बिट भएपछि शकिब १७ रनमा एलबीडब्लू आउट भए । सन्दीपले जाकर अलीलाई १२ र तान्जिमलाई बोल्ड गरि ट्वान्टी-२० अन्तर्राष्ट्रियमा १ सय विकेट लिने पहिलो नेपाली खेलाडी बने । सन्दीपले यो सफलता आफ्नो ५४ खेलमा बनाएका हुन् । अफगानिस्तानका रशिद खानले ५३ खेलमा सवैभन्दा छिटो १ सय विकेट लिएका थिए ।

रिशाद हसन ७ बलमा १ चौका र १ छक्का प्रहार गरी १३ रनमा आउट भए । सोमपालले ३ ओभरमा १०, रोहितले ४ ओभरमा २०, सन्दीपले ४ ओभरमा १ मेडन राख्दै १७ र दीपेन्द्रले ३.३ ओभरमा २२ रन खर्चे ।

नेपाल यसअघि नेदरल्यान्ड्सँग ६ विकेटले र दक्षिण् अफ्रिकासँग १ रनले पराजित भएको थियो । श्रीलंकासँगको खेल वर्षाले रद्द भएको थियो । नेपालले दुई दिन अघि यहि मैदानमा दक्षिण अफ्रिकालाई १ सय १५ रनमा रोके पनि १ रनको हार बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...