मुख्य समाचार
बेल्जियम चाहन्छ, सुखद सुरुआत
बेल्जियम चाहन्छ, सुखद सुरुआत

— बेल्जियम अहिले फेरि पुरानो आत्मविश्वासले खेल्ने मनसायमा छ । चाहन्छ सन् २०२२ को विश्वकपको नमीठो अनुभव मेट्न सकोस् । युरो २०२४ मा सोमबार स्लोभाकियाको सामना गर्दा बेल्जियम आफैं लयमा छ लगातार १५ खेलको अपराजित यात्रासँगै ।

बेल्जियमको तथाकथित ‘गोल्डेन जेनेरेसन’ कतारमा पहिलो चरणबाटै बाहिरिएको थियो । तर, त्यसयता टिममा केही नयाँ अनुहारले प्रवेश पाएका छन् ।

सन् २०२३ को फेब्रुअरीमा डोमिनिको टेडेस्कोले प्रशिक्षणको जिम्मेवारी सम्हालेका थिए । त्यसयता टिम अपराजित नै छ । यसपल्ट जर्मनीमा चलिरहेको प्रतियोगितामा बेल्जियम उपाधिको दाबेदार पनि मानिएको छैन । यसले सम्भवतः केही राहत दिएको हुनुपर्छ, टिमलाई । अधिकांश फुटबल पण्डित के कुरामा सहमत छन् भने ड्रेसिङ रूमका वातावरण शान्त रहने हो र प्रमुख खेलाडी चोटबाट टाढा रहने हो भने सबै खाले सम्भावना खुला छ ।

जर्मन–इटालियन प्रशिक्षक टेडेस्को आएयता टिमले १५ खेलमध्ये १० मा क्लिन सिटमात्र राखेको छैन, उल्टै प्रतिद्वन्द्वीमाथि ३३ गोल गरेको छ । रोमेलु लुकाकु, केभिन डी ब्रुएना र जान भेर्टागन जस्ता अनुभवी खेलाडीलाई युवा जेरेमी डोकु, योहान बाकायोका र एमान्डु ओनानाले बलियो साथ दिइरहेका छन् । सम्भवतः स्लोभाकिया आफै पनि लयमा छ । टोलीले सान मारिनो र वेल्सविरुद्ध खेलेका पछिल्ला दुई मैत्रीपूर्ण खेलमा समान ४–० को प्रभावशाली जित निकालेको छ ।

स्लोभाकियाका प्रशिक्षक हुन्, इटाली फ्रान्सिस्को कालजोना । उनी भन्छन्, ‘हाम्रो समूहमा विना कुनै विवाद बेल्जियम नै सबैभन्दा बलियो टिम हो । बेल्जियम टिम आफैं अहिले परिवर्तनबाट गुज्रिइरहेको छ । पुराना खेलाडी बाहिर जाँदै छन् भने नयाँ भित्रिदै छन् । हामी प्रतिद्वन्द्वीका रूपमा बेल्जियमलाई बलियो नै मान्छौं । बेल्जियम र स्लोभाकियाबीच ३ खेल भएको छ । बेल्जियम एक विजयी छ भने दुई बराबरीमा टुंगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...