मुख्य समाचार
अस्ट्रियासँग बलियो फ्रान्सको परीक्षा
अस्ट्रियासँग बलियो फ्रान्सको परीक्षा

— सन् २०२० को युरोमा फ्रान्स स्तब्धपूर्ण ढंगले अन्तिम १६ को चरणबाटै बाहिरियो । सन् २०१६ मा आयोजकका रूपमा फ्रान्स उपविजेतामै सीमित रह्यो । यही फ्रान्स युरो २०२४ मा लयमा रहेको अस्ट्रियाको परीक्षाबाट गुज्रिने छ । यो खेल जितेर फ्रान्सले आफूलाई कति बलियो छ भनेर प्रमाणित गर्नुपर्नेछ ।

‘लेस ब्लुज’ ले विश्व फुटबलमा उपलब्ध जति ठूला उपाधि छन्, ती सबै जितिसकेका छन् । त्यो पनि एकपल्ट होइन, धेरैपल्ट । तर, फ्रान्सले युरोपको उपाधि नजितेको भने दुई दशक जति बराबरको समय भइसकेको छ । फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पसँग ऐतिहासिक मात्र होइन, दुर्लभ अवसर छ ।

उनी खेलाडी र प्रशिक्षक दुवै रूपमा विश्वकप जित्ने खेलाडी हुन् । अब उनले खेलाडी र प्रशिक्षक दुवै भूमिकामा युरो जित्न सक्छन् । फ्रान्सले अहिलेसम्म दुईपल्ट युरो जितेको छ । सन् १९८४ मा पहिलो पटक घरेलु मैदानमा । त्यसपछि सन् २००० हो, जतिबेला ३१ वर्षीय डेसच्याम्प आफैं कप्तान थिए ।

‘डेसच्याम्पमा फ्रान्सेली फुटबलमा ठूलो योगदान रहेको छ,’ स्टार खेलाडी केलियन एमबाप्पेले भनेका छन्, ‘यदि हामी थप नयाँ इतिहास बनाउन चाहन्छौं भने हामीले यसपल्ट केही विशेष गर्नुपर्ने हुन्छ । हामीले आफ्ना प्रशिक्षकका लागि युरो जित्नुपर्छ । उनको योगदानका लागि पनि यत्ति त गर्नुपर्छ ।’

विश्वास के गर्न सकिन्छ भने अस्ट्रिया खासमा फ्रान्सका लागि ठूलो चुनौती हुने छैन । तर, पछिल्लो दुई वर्षमा जर्मन प्रशिक्षक राफेल रागिनले यो टिमलाई उच्च स्तरीय बनाएका छन् । यसै कारण अस्ट्रियाले खेलेका पछिल्ला १६ खेलमा एकैपल्ट मात्र पराजित छ । यता फ्रान्सका लागि ओलिभर जिरोड आफ्नो अन्तिम युरो खेलिरहेका छन् ।

फ्रान्सका लागि सर्वाधिक गोल गरेका ३७ वर्षीय जिरोड के मान्छन् भने प्रतियोगितामा आफ्नो पहिलो खेल जित्ने हो भने त्यसले टिममाथिको दबाब निकै घटाउने गर्छ । फ्रान्सविरुद्धका पछिल्ला १० खेलमा अस्ट्रिया एकै पल्ट मात्र विजयी रहेको छ । ‘हाम्रो लागि यो पहिलो खेल निर्णायक हुने छैन, तर यसलाई जित्नुको महत्त्व भने धेरै रहनेछ ।’

केही फुटबल पण्डित के मान्छन् भने जर्मन भूमिमा फ्रान्सको सबैभन्दा ठूलो शत्रु भनेकै ऊ आफैं हो । पछिल्लो युरोमा स्विट्रल्यान्डविरुद्ध फ्रान्सलाई एक समय दुई गोलको अग्रता प्राप्त थियो । तर, यही स्थितिबाट फ्रान्स टाइब्रेकरमा पराजित रह्यो आफ्नै खेलका कारण । युरो सुरु हुने क्रममा धेरैले फ्रान्स र इंग्ल्यान्डलाई सबैभन्दा बलिया प्रत्याशी मानेका छन्, त्यसैले मैदानमा यसलाई प्रमाणित गर्नुफर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...