मुख्य समाचार
विश्वकप २०२४ को सुपर-८ मा पुग्ने सबै टोलीको टुङ्गो
विश्वकप २०२४ को सुपर-८ मा पुग्ने सबै टोलीको टुङ्गो

– आईसीसी टी–२० विश्वकप २०२४ को सुपर-८ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । सुपर ८ को ग्रुप-१ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन् । ग्रुप-२ मा अमेरिका, इंग्ल्यान्ड, वेष्टइण्डिज र दक्षिण अफ्रिका परेका छन् ।

हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल २७ जुनमा हुनेछ । फाइनल २९ जुनमा हुनेछ । सेमिफाइनल र फाइनलको रिजरर्भ डे राखिएको छ । सेमिफाइनल र फाइनलको दिन यदि वर्षा भएको खण्डमा अर्कोदिन खेल हुनेछ । सुपर–८ का खेलहरु १९ जुनदेखि २५ जुनसम्म वेष्टइण्डिजमा हुनेछन् ।

समूह ए बाट भारत ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रह्यो । अमेरिका ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा रह्यो । पाकिस्तानलाई सुपर ओभरमा हराउनु अमेरिकालाई निर्णायक बन्यो । पाकिस्तान ४ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो ।

समूह बी बाट अष्ट्रेलिया ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा रह्यो । इंग्ल्यान्ड ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा रहेर सुपर ८ मा पुग्यो । इंग्ल्यान्डले नेटरनरेटमा स्कटल्यान्डलाई पछि पारेकोथियो ।

समूह सी मा अफगानिस्तान र वेष्टइण्डिजको ६–६ अंक छ । यी दुई टोलीबीच अन्तिम खेल मंगलबार हुनेछ । समूह डी मा दक्षिण अफ्रिका ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रह्यो । बंगलादेश ४ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा रहदै सुपर–८ मा पुग्यो ।

नेपाल भने समूह डी मा ४ खेलमा १ अंकका साथ चौथो स्थानमा रहेर बाहिरियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...