मुख्य समाचार
रुपन्देहीमा १७०० जना एचआईभी संक्रमित
रुपन्देहीमा १७०० जना एचआईभी संक्रमित

। रुपन्देहीमा एक हजार ७ सय जनामा एचआईभी एड्सको संक्रमण फेला परेको छ । त्यसमध्ये तिलोत्तमा नगरपालिकामा १७५ जनामा संक्रमित छन् ।

एचआईभी एड्सको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था एनएपीएनका प्रदेश संयोजक अर्जुन ज्ञवालीले कपछिल्लो तथ्यांकअनुसार १५ सय जनाले लुम्बिनी प्रादेशिक अस्पताल र २ सय जनाले भीम अस्पताल भैरहवाबाट निशुल्क एआरभी औषधिसहित उपचार सेवा लिइरहेको जानकारी दिए ।




राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार २०२२ को अन्त्यसम्मको तथ्यांक अनुसार नेपालमा करिब ३० हजार मानिसहरूमा एचआईभी संक्रमण देखिएको थियो । हरेक वर्ष करिब एक हजार नयाँ एचआईभी संक्रमित थपिने र बर्सेनि करिब ८ सयभन्दा बढीको मृत्यु हुने अनुमान छ ।

तिलोत्तमा नगरपालिकाले एचआईभी संक्रमित क्याम्पस तहमा अध्यनरत ५ जना विद्यार्थीलाई २० हजारका दरले छात्रवृत्ति, विद्यालय तहका ७ जना विद्यार्थीलाई झोला, कापी, क्यालकुलेटर लगायत शैक्षिक सामग्री र अन्य ६० जनालाई चामल, दाल, तेल, अण्डा लगायत पोषण सामग्री वितरण गरेको छ ।




कार्यक्रममा तिलोत्तमाका मेयर रामकृष्ण खांणले आफ्नो कारणले मात्र नभई रगत लिँदा वा अन्य हिसाबले एचआईभी संक्रमण हुने भएकाले समाजले यसलाई दुर्घटनाका रुपमा सहज लिनुपर्ने बताए । नगरवासीलाई विभेद नगर्ने, समान व्यवहार गर्ने र घरवास नभएका संक्रमितलाई घर बनाउन जग्गा उपलब्ध गराउन पहल गरिने उनले आश्वासन दिए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले नगरभित्र १७५ जनामा एचआईभी संक्रमण रहेकामध्ये ७२ जनालाई लागि छात्रवृत्ति, शैक्षिक एवं पोषणा सामग्री वितरण गरिएको बताए । उनले चालु वर्षमा एचआईभी संक्रमितका लागि ५ लाख वजेट रहेको बताए ।

जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले एआरभी औषधि नियमित सेवन गरे रोग निको हुने र अरु जस्तै नियमित काम, रोजगारी गर्न सकिने बताए ।

उनले एचआईभी संक्रमित व्यक्तिको रगत स्वस्थ व्यक्तिको रगतमा मिसिएमा,असुरक्षित रगत उत्पादक सामग्रीहरू जस्तै सुईं वा अन्य चिकित्सा उपकरणहरूको साझा प्रयोग, असुरक्षित यौन सम्पर्क, एचआईभी संक्रमित आमाबाट, स्तनपान, सुईं वा सिरिन्जबाट लागूपदार्थ लिने व्यक्तिहरू, अस्थायी आप्रवासी कामदारहरूमा एचआईभी संक्रमणको जोखिम उच्च हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण छ गुणाले बढेको छ । भदौ पहिलो साता डेंगु सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकामा महिना दिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो ।महानगरको स्वास्थ्य महाशाखाका अनुसार सङ्क्रमितको उक्त कुल सङ्ख्या गत पुसयताको हो । महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सङ्क्रमितको सङ्ख्या ३१ सयबढी पुग्न ...
। धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगु परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ । केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ । अस्पतालले गण्डकी प्रदेश ...
: जापानिज इन्सेफ्लाइटिसबाट मुलुकभर १४ जनाको ज्यान गएको छ। इन्सेफ्लाइटिसबाट हुने मृत्युदर २२ दशमलव ९५ प्रतिशत छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, शंकास्पद बिरामीबाट संकलन गरिएका ६ सय ९५ नमुनामध्ये ६१ वटामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ। प्रयोगशालामा पुष्टि भएका केसहरूमध्ये १४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, ...
। यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १५ साउन यता जापानी इन्सेफ्लाइटिस संक्रमितको संख्या ५३ पुगेको हो । गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेको देखिएको छ । गत वर्ष जापानी इन्सेफ्लाइटिस संक्रमणबाट ६ जनाको मृत्यु ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग राय माग गरेको छ । अस्पतालमा उपचारका सिलसिलामा चिकित्सकमाथि हुने आक्रमण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले कानुन संशोधनका लागि कानुन मन्त्रालयसँग राय माग गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । चिकित्सकहरूले उपचारकै क्रममा बेलाबखत आफूमाथि आक्रमण तथा धम्की आउने गरेको भन्दै सुरक्षा ...