मुख्य समाचार
एमबाप्पेको ‘सीभी’ मा रहेको एक धब्बा
एमबाप्पेको ‘सीभी’ मा रहेको एक धब्बा

। जति बेला केयलिन एमबाप्पेले युरोमा अन्तिम पटक बल प्रहार गरेका थिए, त्यो नै फ्रान्सेली चुनौती समाप्तीको कारण बन्यो । सन् २०२० को युरोको अन्तिम १६ मा फ्रान्स स्विटरल्यान्डसँग भिडेको थियो । एक समय त्यस खेलमा फ्रान्स ३–१ ले अगाडि थियो । तर खेल अन्ततः टाइब्रेकरमा पुग्यो र एमबाप्पे त्यस्ता एक मात्र खेलाडी रहे, जसले पेनाल्टीमा गोल गर्न सकेनन् । त्यस खेलपछि एमबाप्पेले हजारौं धम्कीपूर्ण सन्देशहरू पाए ।

सन् २०२४ को युरो सुरु भइसकेको छ । एमबाप्पे ती सबै दिन बिर्सेर नयाँ सुरुआत गर्न चाहन्छन् । समूह ‘डी’ को सोमबार राति हुने खेलमा फ्रान्सले अस्ट्रियाको सामना गर्दैछ ।

यही त अवसर हो, एमबाप्पेले आफूलाई फेरि प्रमाणित गर्ने । उनी भन्थे, ‘मेरो सीभीमा एउटा धब्बा छ । जति बेला हामी युरो २०२० बाट बाहिरियौं, त्यसपछि यससँग जोडिएका सम्झना पीडादायी भए ।’

त्यो धब्बा भनेको त्यही चुकेको पेनाल्टी नै हो । उनलाई अझै सताउने क्षण । अझ त्यो हारलाई उनी आफूले खाएको चड्कन समेत मान्छन् ।

अहिले एमबाप्पे फ्रान्सेली टिमका कप्तान हुन् । अहिले धेरै हदसम्म परिपक्व खेलाडी पनि बनिसके । सन् २०१६ को युरोमा फ्रान्स फाइनलसम्म पुगेको थियो । त्यति बेला उनी सानै थिए ।

मोनाको क्लबतिर किशोर खेलाडीका रूपमा हुर्किरहेका थिए । उनले १९ वर्ष पुग्दा नपुग्दै विश्वकप जिते, सन् २०१८ को । त्यस विश्वकपको फाइनलमा उनले गोल पनि गरे ।

त्यसको चार वर्षपछि फ्रान्स फेरि विश्वकपको फाइनल पुग्यो । फाइनलमा एमबाप्पेले ह्याट्रिक पनि गरे । यस्तो तीन गोलको उपलब्धि छुने उनी पेले पछिका पहिलो खेलाडी बने । तर पनि उपाधि फ्रान्सको पक्षमा गएन । लियोनल मेसीको अर्जेन्टिना च्याम्पियन बन्यो । त्यति बेला पनि फ्रान्सको हार पेनाल्टी सुटआउटमै भएको थियो ।

अहिले एमबाप्पे २५ वर्षका भए । केही समय अगाडि उनले भनेका थिए, ‘फ्रान्सका लागि राम्रो खेल्नु नै मेरो सबैभन्दा ठूलो लक्ष्य हो ।’

उनको दाबी थियो, फ्रान्सलाई खेल्दा गर्व लाग्छ । फ्रान्सेली फुटबलमा उनी गहिरो छाप छोड्न चाहन्छन् । युरो २०२४ उनका लागि यस्तै अवसर बनेर आएको छ ।

अहिलेसम्म उनले जति खेलेका छन्, त्यसको आधारमा उनको प्रदर्शन कम्तीको पनि छैन । अहिले नै ४७ अन्तर्राष्ट्रिय गोल गरिसके । फ्रान्सका लागि उनीभन्दा बढी गोल गर्ने दुई खेलाडी मात्रै छन्, ओलिभर जिरोड र थिएरी हेनरी ।

भर्खरै उनले पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडे । पीएसजीका लागि उनले कीर्तिमान २ सय ५६ गोल गरे । यही क्लबका लागि उनले ६ पटक फ्रान्सेली लिग–वान जितेका छन् । उनले अहिलेसम्म युरोपेली च्याम्पियन्स लिग र बेलन डे’अर भने जित्न सकेका छैनन् । सम्भवतः उनको यो इच्छा पनि पूरा हुनेछ, आफ्नो नयाँ क्लब रियल म्याड्रिडका लागि ।

उनी अहिलेका लागि युरो २०२४ जित्न चाहन्छन् । यस्तो गर्न सके, उनको नाम फ्रान्सेली फुटबलमा मिचेल प्लाटिनी र जिनेदिन जिदानपछि आउने छ ।

उनी भन्छन्, ‘फ्रान्स जत्तिको फुटबल देशले युरो नजितेको पनि २४ वर्ष भइसक्यो । यो त निकै लामो समय हो । खासमा युरो प्रतियोगिता आफैंमा निकै गाह्रो छ, विश्वकप भन्दा जित्न गाह्रो । प्रत्येक टिमलाई आफ्नो प्रतिद्वन्द्वीबारे राम्रोसँग थाहा हुन्छ । फेरि युरोपका सबै टिम खेल्ने शैली पनि उस्तै समान हुन्छ । प्रतियोगिताको लिग चरणमै सबैभन्दा गाह्रो हुन्छ ।’

त्यसो भए, यसपल्ट एमबाप्पे र फ्रान्स सिंगै टिमको प्रदर्शन युरो २०२४ मा कस्तो हुनेछ त ? के एमबाप्पे आफ्नो ‘सीभी’ मा रहेको त्यो धब्बालाई मेट्न सक्षम होलान् ?

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...