मुख्य समाचार
रियल मड्रिडले मलाई ओलम्पिक खेल्न दिँदैन : एमबाप्पे
रियल मड्रिडले मलाई ओलम्पिक खेल्न दिँदैन : एमबाप्पे

। फ्रान्सका स्ट्राइकर केलियान एमबाप्पेले नयाँ क्लब रियल मड्रिडले आफूलाई फ्रान्समा हुने पेरिस ओलम्पिक २०२४ मा भाग लिने अनुमति नदिएको बताएका छन् ।

२५ वर्षीय एमबाप्पेले ओलम्पिक खेल्ने आफ्नो चाहना रहेको भएपनि ३ जुनमा आएको फ्रान्सको प्रारम्भिक टोलीमा आफ्नो नाम नरहेको बताए ।

किनभने रियलले युरो २०२४ मा सहभागी हुने कुनै पनि खेलाडीले ओलम्पिकमा खेल्न नपाउने भनेको एमबाप्पेले बताएका हुन् ।

एमबाप्पेको पेरिस सेन्ट जर्मेनसँगको सम्झौता यही जुन ३० मा सकिँदैछ । त्यसपछि उनी स्पानिस क्लब रियल मड्रिडमा अनुबन्ध हुने सहमति भइसकेको छ ।

‘मेरो क्लबको भनाइ स्पष्ट छ, त्यसैले म ओलम्पिकमा भाग लिन्नँ,’ सोमबार डुसेलडोर्फमा अस्ट्रियाविरुद्ध हुने युरो २०२४ को पहिलो खेलअघि एम्बाप्पेले भने ।

युरो सकिएको दश दिनपछि अर्थात २४ जुलाइदेखि पेरिस ओलम्पिक अन्तर्गत फुटबल खेल सुरु हुँदैछ ।

ओलम्पिक फुटबल प्रतियोगितामा यू–२३ टोलीले भाग लिँदै आएको छ । त्यसमा प्रत्येक देशले ३ जना २३ वर्षमाथि खेलाडीहरू समावेश गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...