मुख्य समाचार
आफन्तको मृत्युमा महिलाले औंला काट्ने अनौठो परम्परा
आफन्तको मृत्युमा महिलाले औंला काट्ने अनौठो परम्परा

विश्वका कैयन् देश तथा सभ्यताहरुमा आज पनि सदियौं पुराना मान्यताहरू कायमै छन् । त्यस्ता परम्पराहरू अचम्म लाग्दा तथा कतिपय त डरलाग्दा पनि प्रतीत हुन्छन् ।

भलै अरु आम मानिसहरूलाई ती रितिरिवाज विचित्र लाग्छन् तर सम्बन्धित आदिवासी तथा समुदायका लागि भने ती परम्पराहरू विशेष हुन्छन् ।

यस्तै एउटा परम्परा इण्डोनेसियाको दानी आदिवासी समुदायमा प्रचलित छ । उक्त परम्पराका निकै अनौठो तथा भयभीत पार्ने खालको छ ।

दानी समुदायमा परिवारको कुनै पनि सदस्यको मृत्यु हुँदा महिला सदस्यहरुले आफ्नो औंलाको माथिल्लो भाग काट्ने गर्दछन् ।

मृतकको सम्मान तथा शोकमा महिलाहरूले कुनै हिचकिचाहट बिना नै आफ्नो औंला रेट्दछन् ।

सो प्रथाको उद्देश्यचाहिं प्रियजनलाई गुमाउँदाको अथाह पीडालाई दर्शाउनु नै हो । त्यसैले उक्त समुदायमा प्रायः धेरै मानिसहरूले आफ्नो जीवनकालमा आफ्ना विभिन्न औंला काटेका हुन्छन् ।

डेलीमेलका अनुसार सिंगापुरका फोटोग्राफर तथा आइटी इन्जिनियर तेह हान लिनले चार दिनसम्म उक्त आदिवासी समुदायका विभिन्न तस्वीर खिचेका छन् ।

उनी भन्छन्-दानी समुदाय निकै अनौठो आदिवासी समुदाय हो । उनीहरूको जीवन जीउने तरिका तथा परम्परागत कोटेका (पुरुषले यौनांग छोप्नका लागि लगाउने विशेष वस्त्र) पनि अनौठो हुन्छ। उक्त समुदायका कहिले लोप हुन्छ थाहा छैन, त्यसैले मैले यो वर्ष उनीहरूसँग भेट्ने निधो गरें।



दानी आदिवासी समुदाय सबैभन्दा पहिले सन् १९३८ मा पत्ता लागेका थियो । अमेरिकी खोजकर्ता रिचार्ड आर्चबोल्डले पहिलोपटक उक्त समुदायका बारेमा अध्ययन गरेका थिए ।

आफ्नो अनौठो रितिरिवाज तथा पहिचान र ससक्त भावनाका कारण दानी समुदाय बिसौं शताब्दीको मध्यदेखि नै चर्चित रहँदै आएको छ ।

फोटोग्राफर हानका अनुसार प्रियजनको मृत्युपछि परिवारमा केवल महिलाले मात्र आफ्नो औंला काट्नुपर्छ । त्यो एक क्रुर र अमानवीय प्रथा भएतापनि सो समुदायमा प्रियजनको मृत्युप्रति दु:ख प्रकट गर्ने एकमात्र माध्यमको रुपमा रहेको उनी बताउँछन् ।

यद्यपि यो प्रथालाई इण्डोनेसियाली सरकारले गैरकानुनी घोषित गर्दै प्रतिबन्ध लगाएको छ । तथापि समुदायमा यो परम्परा रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप