मुख्य समाचार
पुरनले जोडे विश्वकपमा एकै ओभरमा ३६ रन
पुरनले जोडे विश्वकपमा एकै ओभरमा ३६ रन

– वेष्टइण्डिजका आक्रामक विकेटकिपर निकोलस पुरनले आईसीसी टी–२० विश्वकप २०२४ मा अफगानिस्तानविरुद्ध एकै ओभरमा ३६ रन जोडेका छन् ।
सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्टइण्डिजले २० ओभरमा ५ विकेट गुमाउँदै २१८ रन बनायो । निकोलस पुरनले ५३ बलमा ६ चौका र ८ छक्कासहित ९८ रनको आक्रामक इनिङ खेलेका थिए ।

अन्तिम ओभरको दोस्रो बलमा रन आउट भएपछि पुरन आफ्नो टी२० आई करिअरको पहिलो शतक बनाउन चुकेका थिए । चौथो ओभरमा पुरनले तीव्र गतिका बलर आजमतुल्लाह ओमरजाईको ओभरमा ३६ रन जोडेका थिए ।




ओमरजाईलाई पुरनले पहिलो बलमा छक्का र दोस्रो नो बलमा चौका हानेका थिए । फ्रिहिट बलमा वाइड हुँदा पाँच रन प्राप्त गरेको थियो । एक बलमा वेष्टइण्डिजले १६ रन बटुलेको थियो ।

फ्रिहिट बल योर्करका साथ डट राखे । त्यसपछि तेस्रो बल लेग वाइको रुपमा चौका गएको थियो । त्यसपछि पुरनले चौका, छक्का र छक्का प्रहार गरेपछि ३६ रन बटुल्न सफल भए । पुरनले आफ्नो ब्याटबाट भने कुल २७ रन बनाएका थिए । समूह सी मा वेष्टइण्डिज र अफगानिस्तान सुरुवाती तीनै खेलमा विजयी हात पार्दै सुपर-८ मा पुगेका छन् । आजको नतिजाले समूह विजेता निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...