मुख्य समाचार
फ्रान्सको संघर्षपूर्ण जित, एमबाप्पेलाई चोट
फ्रान्सको संघर्षपूर्ण जित, एमबाप्पेलाई चोट

। युरो २०२४ को दाबेदारमध्ये एक टोली फ्रान्सले पहिलो खेलमा अष्ट्रियाविरुदध संघर्षपूर्ण जित हात पारेपनि कप्तान केलिएन एमबाप्पेको चोट चिन्ताको विषय बनेको छ ।

समूह डी अन्तर्गत डुसेलडोर्फ एरेनामा गएराति भएको खेलमा फ्रान्सले आत्मघाती गोल मद्दतमा अष्ट्रियालाई हराएर सुरुआती ३ अंक जोड्यो । नाकमा चोट लागेर मैदान बाहिरिनुअघि एमबाप्पेल उत्कृष्ट प्रदर्शन गरेका थिए ।

३८औं मिनेटमा एमबाप्पेको प्रहार बचाउने क्रममा अष्ट्रियाका म्याक्स वोरले आत्मघाती गोल गरेका थिए । तर फ्रान्सलाई ३ अंक दिलाउन सहयोग गरेका एम्बाप्पे आफैँ नाकमा चोट लागेपछि मैदान बाहिरिनु परेको थियो ।

अष्ट्रियाका डिफेण्डर केचिन डान्सोको कुहिनोमा एमबापप्को नाक ठोक्किएपछि उनको नाकबाट रगत नै आएको थियो । त्यसपछि २५ वर्षीय एमबाप्पेलाई केही उपचार गरियो र उनी मैदान बाहिर आए । उनको स्थानमा फ्रान्सले ओलिभर जिरुडलाई मैदान पठाउने तयारी गरेको थियो ।

तर एमबाप्पे स्वीकृतिबिना नै मैदान प्रवेश गरेपछि उनलाई पहेँलो कार्ड देखाइयो । त्यसपछि ९०औं मिनेटमा एमबाप्पेको स्थानमा जिरुड मैदान प्रवेश गरेका थिए । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले एमबाप्पेको अवस्था राम्रो नरहेको बताएका छन् ।

‘उनको अवस्था ठिक छैन । उनको नाकमा ठूलो चोट लागेको छ,’ डेसच्याम्पले पोष्ट म्याच कन्फेरेन्समा भने, ‘यो कस्तो छ भनेर हामीले परिक्षण गर्नुपर्नेछ । जुन हाम्रो लागि दर्भाग्य हो ।’

फ्रान्सका लागि ८० खेलमा ४७ गोल गरिसकेका एमबाप्पे पहिलो पटक युरो उपाधि जित्ने लक्ष्यमा छन् । उनी फ्रेन्च टिमको मुख्य खेलाडी र कप्तान समेत हुन् । एमबाप्पेले सन् २०१८ मा फ्रान्सबाट फिफा विश्वकप जितिसकेका छन् । २०२२ को विश्वकप फाइनलमा भने फ्रान्स अरज्नेटिनासँग पराजित हुँदै उपविजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...