मुख्य समाचार
फर्गुसन बने टी-२० विश्वकपमा २४ बल नै डट राख्ने पहिलो बलर
फर्गुसन बने टी-२० विश्वकपमा २४ बल नै डट राख्ने पहिलो बलर

– न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसन टी-२० विश्वकपमा आफ्नो पूरै ४ ओभर (२४बल) मेडन राख्ने पहिलो खेलाडी बनेका छन् । पपुवा न्युगिनीविरुद्ध लोकी फर्गुसनले ४ ओभरमा ३ विकेट लिदै कुनैपनि रन नदिदै उक्त कीर्तिमान बनाएका हुन् ।

आइतबार बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसनले नेपालविरुद्ध २४ मध्य २१ बल डट राखेका थिए । फर्गुसन अघि त्यो नै विश्वकपमा सर्वाधिक डट बल थियो । टी-२० आईमा क्यानडाका साद बिन जाफरपछि चार ओभरनै मेडन राख्ने उनी दोस्रो खेलाडी हुन् । जाफरले सन् २०२१ मा पानमाविरुद्ध ४ ओभरमा २ रन खर्चेर कुनै रन दिएका थिएनन् ।

समूह सी को अन्तिम खेलमा ब्रायन लारा क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनी १९.४ ओभरमा ७८ रनमा अल आउट भयो । ट्रेन्ट बोल्ट, टिम साउदी र ईश सोधीले २-२ विकेट लिए । न्युजिल्यान्ड सुरुवाती दुई खेल अफगानिस्तान र वेष्टइण्डिजसँगको हारले सुपर-८ मा भने पुग्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...