मुख्य समाचार
आइफोनबाट डिलिट गरेका म्यासेज पत्नीले पढेर डिभोर्स मागेपछि एप्पलविरुद्ध मुद्दा
आइफोनबाट डिलिट गरेका म्यासेज पत्नीले पढेर डिभोर्स मागेपछि एप्पलविरुद्ध मुद्दा

बेलायतका एक व्यापारीले एप्पलविरुद्ध मुद्दा हालेका छन् ।

उनले दायर गरेको मुद्दाको कारण थाहा पाउँदा तपाईंलाई अचम्म लाग्न सक्छ। आफूले डिलिट गरिसकेका म्यासेज पत्नीले पढेको भन्दै उनले एप्पलविरुद्ध मुद्दा दायर गरेका हुन् ।




समाचार अनुसार ती व्यापारीले एकजना कल गर्ललाई आफ्नो आइफोनबाट म्यासेज गरेका थिए र पछि सो म्यासेज डिलिट पनि गरेका थिए । तर, आइफोनबाट डिलिट गरिसकेको उक्त म्यासेज उनकी पत्नीले आइम्याकबाट पढिन् । त्यसपछि त के चाहियो र ? उनको परिवारमा बबण्डर सुरु भयो । पत्नीले डिभोर्स मागिन् । त्यही म्यासेजलाई प्रमाण बनाउँदै उनले डिभोर्सको लागि अदालतमा निवेदन दिइन् । अन्ततः उनीहरुको सम्बन्ध विच्छेद नै भयो ।

आफ्नो वैवाहिक जीवन समाप्त हुनुमा एप्पल जिम्मेवार रहेको जिकिर ती व्यक्तिले गरेका छन् । एप्पलले सही सूचना नदिएका कारण आफ्नो घरबार बिग्रिएको उनको भनाइ छ । यदि दुईवटा डिभाइसमा एउटै एप्पल आइडी लगइन भएको अवस्थामा एउटा डिभाइसबाट डिलिट गरिएका म्यासेज तथा अन्य सामग्रीहरु अर्को डिभाइसबाट हेर्न सकिन्छ भन्ने कुराको जानकारी एप्पलले नगराएको उनी बताउँछन् ।

Family Sharing फिचरको खेल

एप्पल प्रयोगकर्तालाई थाहै भएको कुरा हो कि एप्पलले आफ्ना प्रयोगकर्तालाई फेमिली सेयरिङको सुविधा दिन्छ । यसअन्तर्गत आफ्नो परिवारका ५ वटासम्म आइफोन वा एप्पल डिभाइसमा एउटै एप्पल आइडी लगइन गर्न सकिन्छ । जुन डिभाइसमा एउटै एप्पल आइडी खोलिएको छ त्यसमा म्यासेज, फोटो तथा अन्य सबै सामग्रीहरू साझा हुन्छन् ।

एप्पलले यस्तो फिचरका बारेमा आफूलाई जानकारी नगराएका कारण आफ्नो सम्बन्ध विच्छेद हुन पुगेको भन्दै ती व्यवसायीले एप्पलमाथि ५० लाख पाउण्ड अर्थात् करिब ८५ करोड रुपैयाँ क्षतिपूर्तिको माग गर्दै मुद्दा हालेका छन् ।

एप्पलको गल्तीका कारण यस्तो पारिवारिक विखण्डनको अवस्था भोग्नु परेका सबैले त्यस्तो क्षतिपूर्ति पाउनुपर्ने उनको माग छ । एउटै एप्पल आइडी धेरैवटा डिभाइसमा लगइन भएको अवस्थामा कुनै पनि सामग्री पूर्णरुपमा डिलिट गर्नका लागि सबै डिभाइसबाट एकएक गरी डिलिट गर्नुपर्ने कुराको जानकारी एप्पलले गराउनुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकले सेवा व्यापारका लागि सटही सुविधा दिने भएको छ । विदेशबाट रकम प्राप्त भएका आधारमा भारत तथा तेस्रो मुलुकबाट आयात भएको सेवा अन्य मुलुक (भारत समेत) मा निर्यात गर्न पाइने भएको हो । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन सम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै सेवा आयात गरेर नाफा राखी निर्यात गर्न सटही सविधा दिने ...
: दसैंमा नुवाकोटमा करिब तीन करोड बराबरको खसीबोकाको कारोबार भएको छ काठमाडौंलगायतका जिल्लामा नुवाकोटमा खसीबोका निर्यात भएको हो। १२ स्थानीय तह रहेको पहाडि नुवाकोटमा दसैंमा चार करोडको खसीबोका खपत भएको र दसैंमा मात्र करिब ती करोड रुपैयाँको कारोबार भएको पशुसेवा कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका अधिकृत भरत पाण्डेका अनुसार दसैंका लागि नुवाकोटबाट सात सय बढी ...
: अर्घाखाँचीबाट यो दसैंका लागि झण्डै डेढ करोडको खसीबोका बाहिरी जिल्ला निर्यात भएको छ। अर्घाखाँचीमा झण्डै ८ करोडको खसीबोका खपत भएको र यो दसैंमा मात्र डेढ करोड बढीको खसीबोका आसपासका जिल्लामा निर्यात भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र अर्घाखाँचीका प्रमुख विष्णु प्रसाद पौडेलले बताए। अर्घाखाँचीमा कृषकहरू व्यावसायिक बाख्रापालनमा लागेका छन्। बाख्रापालनका लागि उचित वातावरण तथा ...
। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी व्यवस्थामा कडाइ गरेको छ । सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थागत नीति तथा कानुन परिमार्जन गर्दै राष्ट्र बैंकले जोखिममा आधारित नीति, कार्यविधि तथा कार्ययोजनामा संशोधन गर्नुपर्ने व्यवस्था गरेको हो । ‘प्रचलित कानुनमा भएको परिवर्तन, जोखिम मूल्यांकन, व्यवसाय र प्रविधिमा ...
: विश्व बैंकले भने यसवर्ष नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने अनुमान गरेको छ । विश्व बैंकले बुधबार नेपाल ‘डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपि) वृद्धिदर सन् २०२५ मा पाँच दशमलव एक र सन् २०२६ मा पाँच दशमलव पाँच प्रतिशत रहने प्रक्षेपण गरेको हो । चालु आर्थिक वर्ष ...