मुख्य समाचार
गुलेरको कीर्तिमानी गोलमा टर्कीको विजयी सुरुआत
गुलेरको कीर्तिमानी गोलमा टर्कीको विजयी सुरुआत

। युवा स्टार अर्दा गुलेरले युरो डेब्युमै सानदार गोल गर्दै कीर्तिमान बनाएका छन् ।

गुलेरको कीर्तिमानी गोलमा टर्कीले मंगलबार समूह ए को खेलमा डेब्युटान्ट जर्जियालाई ३-१ ले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

डर्टमण्डस्थित सिग्नल इडुना पार्कमा मट मुडलरले २५औं मिनेटमा उत्कृष्ट गोल गर्दै टर्कीलाई अग्रता दिलाएका थिए ।

उनको टप कर्नर भलीलाई जर्जियाका गोलकिपर जिओर्जी मामारदासभिलीले कुनै मौका नै पाएनन् । तर, त्यसको सात मिनेटपछि नै जर्जेस मिकाउटाड्जले जर्जियाका लागि युरोमा पहिलो गोल गर्दै खेल बराबरी गरे ।

पहिलो हाफमा बराबरीमा सकिएको थियो । दोस्रो हाफमा टर्कीले दुई गोल थप्यो । ६५औं मिनेटमा गुलेरले गोल गर्दै टर्कीएलाई २-१ को अग्रता दिलाए । जर्जिया बराबरी गोल फर्काउन लगातार प्रयास गरिरहेको थियो । तर, इन्जुरी टाइममा केरेम अक्टुरकोग्लुले गोल गर्दै टर्कीएलाई ३-१ को जित दिलाए ।

टर्की सन १०८० मा युरो खेल्न थालेयता पहिलोपटक युरोमा आफ्नो पहिलो खेल जितेको हो । यसअघि युरोमा टर्कीले खेलेको पाँचवटै पहिलो खेल हारेको थियो ।

टर्कीको जीतमा उत्कृष्ट गोल गरेका अर्दा गुलेलर पनि सबैभन्दा कम उमेरमा युरोमा गोल गर्ने कीर्तिमान बनाए । उनले १९ वर्ष ११४ दिनको हुँदा गोल गर्दा क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोडे ।

रोनाल्डोले सन् २००४ को डेब्यु युरोमा १९ वर्ष १२८ दिनको हुँदा गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...