मुख्य समाचार
दक्षिण अफ्रिकासँगको हारले हामी खेलाडीलाई पनि धेरै निरास बनायो : कप्तान पौडेल
दक्षिण अफ्रिकासँगको हारले हामी खेलाडीलाई पनि धेरै निरास बनायो : कप्तान पौडेल

: नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले दक्षिण अफ्रिकाविरुद्ध जितिसकेको खेल हार्दा निकै निरास बनाएको बताएका छन्।


उनले समर्थकहरूमात्र होइन, टिमका सबै सदस्यहरू निरास भएको बताए। 'दक्षिण अफ्रिकाविरुद्धको खेल लगभग जितिसकेका थियौं। तर, अन्तिम समयमा पराजय भोग्नुपर्‍यो। त्यसको पीड फ्यानहरूलाई मात्र भएन, त्यतिकै निरास हामी खेलाडीहरू पनि भयौं,' कप्तान पौडेलले भने।

उनले विश्वकपमा ब्याटिङमा कमजोरी देखिए पनि उत्कृष्ट प्रदर्शन गरेको बताए। तीनवटै खेलमा ब्याटिङ नचलेपछि हार्नुपरेको उनको भनाइ छ। 'विश्वकपमा ब्याट्समेनलाई च्यालेन्ज नै थियो। तैपनि हामीले तीनवटै खेलमा फाइट गर्‍यौं। दक्षिण अफ्रकाविरुद्ध त जित्नै लागेको खेल पनि गुमाउन पुग्यौं,' उनले भने।




उनले नेपाली टोलीले राम्रो टिमसँग खेल्न आवश्यक रहेको बताए। 'विश्वकपमा मात्र होइन। अब हुने जनसुकै खेलमा पनि हामी राम्रो चुनौती दिन्छौं। त्यसका लागि राम्रो टिमसँग खेल्न जरुरी छ। श्रीलंका, बंगलादेश, साउद अफ्रिकाजस्ता टिमसँग खेल्न जरुरी छ। खेलालाई पनि एक्सपोजर दिन आवश्यक छ,' उनले भने।

उनले खेलमा ३० प्रतिशतले मात्रै सफलता पाउने गरेको बताए। 'स्पोर्ट्समा सधैं जितिन्छ भन्ने हुँदैछ। खेलमा ७० प्रतिशत फेलियर हुन्छ। ३० प्रतिशतले मात्र सफलता पाउँछ। पछिल्लो दुई वर्षमा हामीले धेरै सफलता पाएका छौं,' उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...