मुख्य समाचार
दीपेन्द्रसिंह ऐरी आईसिसीको उच्च वरियतामा, तीन स्थानमाथि उक्लदै छैटौं स्थानमा पुगे
दीपेन्द्रसिंह ऐरी आईसिसीको उच्च वरियतामा, तीन स्थानमाथि उक्लदै छैटौं स्थानमा पुगे

: नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अहिलेसम्मकै उच्च वरियतामा उक्लिएका छन् । आईसीसीले मंगलबार जारी गरेको टी-ट्वान्टी आईको अलराउन्डरतर्फको वरियतामा ऐरी छैटौं स्थानमा उम्कलिएका हुन। आईसीसीका अनुसार उनी यस अघि नवौं स्थानमा रहेका थिए।


अमेरिका र वेस्ट इन्डिजमा जारी टि-ट्वान्टी विश्वकपमा ऐरीले बंगलादेश, दक्षिण अफ्रिका र नेदरल्यान्ड्ससँगको खेलमा ३२ रन जोड्नुका साथै ६ विकेट लिएका थिए। ऐरीले ओमानमा भएको एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा ६ बलमा ६ छक्का प्रहार गर्दै नयाँ कीर्तिमान बनाएका थिए।

टी-ट्वान्टी आईको अलराउन्डरको पहिलो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोईनेस, दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा,तेस्रो स्थानमा बंगलादेशका ‌शाकिब अल हसन रहेका छन्।




यसैगरी चौथो स्थानमा अफगानिस्तानका‌ मोहम्मद नाबी,पाँचौं स्थानमा जिमबावेका सिकन्दर राजा छन्।

ऐरीलाई भारतका हार्दिक पाण्डेय, इङ्ल्यान्डका लियाम लिभिङस्टोन, मोइन अली, दक्षिण अफ्रिकाका एडेन मारकमले पछ्याइरहेका छन्। नेपालका कुशल मल्ल एक स्थान तल झरेका छन्। उनी ३६ नम्बरमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...