मुख्य समाचार
टी-२० विश्वकप २०२४ मा कमिङ्सले लिए पहिलो ह्याट्रिक विकेट
टी-२० विश्वकप २०२४ मा कमिङ्सले लिए पहिलो ह्याट्रिक विकेट

। अष्ट्रेलियाका प्याट कमिङ्स आईसीसी टी-२० क्रिकेट विश्वकप २०२४ मा पहिलो ह्याट्रिक विकेट लिएका छन् ।

अमेरिका र वेष्ट इन्डिजमा जारी टी-२० विश्वकपमा कमिङ्सले शुक्रबार बिहान सुपर एट अन्तर्गत बंगलादेश विरुद्धको खेलमा ह्याट्रिक विकेट लिएका हुन् ।

सुपर एटको समूह ए को खेलमा अष्ट्रेलियाले कमिङ्सको ह्याट्रिक र डेविड वार्नरको अर्धशतक मद्दतमा बंगलादेशलाई डिएलएस मेथडमा २८ रनले पराजित गरेको छ ।

कमिङ्सले जारी विश्वकपको पहिलो ह्याट्रिक विकेट लिने क्रममा महमदुल्लाहलाई १८औं ओभरको पाँचौ बलमा, मेहदी हसनलाई उक्त ओभरको छैटौं बलमा तथा तोहिद हृदोएलाई २०औं ओभरको पहिलो बलमा आउट गरेका थिए ।

टी-२० विश्वकपमा ह्याट्रिक विकेट लिने कमिङ्स दोस्रो अष्ट्रेलियन तथा समग्रमा सातौं खेलाडी बनेका हुन् । यसअघि सन् २००७ मा अष्ट्रेलियाकै ब्रेट लीले टी-२० विश्वकपमा बंगलादेश विरुद्ध नै पहिलो ह्याट्रिक विकेट लिएका थिए ।

यस्त्तै सन् २०२१ को विश्वकपमा आयरल्याण्डका कर्टिस काम्परले नेदरल्याण्ड्स विरुद्ध, श्रीलंकाका वानिन्दु हसरंगाले दक्षिण अफ्रिकाविरुद्ध तथा दक्षिण अफ्रिकाका कागिसो रबाडाले इंग्ल्याण्ड विरुद्ध विरुद्ध ह्याट्रिक विकेट लिएका थिए ।

यस्तै २०२२ को टी-२० विश्वकपमा युएईका कार्तिक मेइयाप्पनले श्रीलंका तथा आयरल्याण्डका जोस लिटलले न्युजिल्याण्ड विरुद्ध ह्याट्रिक विकेट लिएका थिए ।

एन्टिगुवास्थित सर भिभियन रिचर्ड स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेट गुमाएर १४० रन बनाएको थियो । बंगलादेशका लागि कप्तान नाजमुल होसेन सान्तोले सर्वाधिक ४१ तथा तोहिव ह्रिदोएले ४० रन जोडे ।

अष्ट्रेलियाका लागि कमिङ्सले सर्वाधिक ३ विकेट लिँदा एडम जाम्पाले २ तथा मिचेल स्टार्क, मार्कुस स्टोइनिस र ग्लेन म्याक्सवेलले समान १/१ विकेट लिए ।

१४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले ११.२ ओभरमा २ विकेट गुमाएर १०० रन बनाउँदा वर्षा भएपछि खेल प्रभावित बनेको थियो । त्यो बलासम्म अष्ट्रेलिया डिएल मेथडमा २८ रनले अघि थियो ।

अष्ट्रेलियाका लागि वार्नर र ट्रेभिस हेडले पहिलो विकेटमा ६५ रनको साझेदारी गरेका थिए । वार्नरले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५३ रन बनाए । हेडले २१ बलमा ३१ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरे ।

ग्लेन म्यक्सवेलले १२ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरी १४ रनमा अविजित रहे । बंगलादेशका लागि दुवै विकेट रिहाद हुसेनले लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...