मुख्य समाचार
सुनिल र मनिसको जोडीले जिते प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि
सुनिल र मनिसको जोडीले जिते प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि

: सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा सम्पन्न कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि शुनिल कार्की र मनिस खड्काले जितेका छन्। जिल्ला ब्याडमिन्टन संघ सङ्खुवासभाको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा भारतसहितका ९२ जोडिको सहभागिता रहेको थियो।


असार ६ गते देखि भएको प्रदेश स्तरीय पुरुष डबल ब्याडमिन्टन तर्फको उपाधि सङ्खुवासभाका कार्की र मोरङका खड्काको जोडीले हात पारेको हो। खाँदबारी नगरपालिका –१ घिमिरे गाउँ स्थित सोमनाथ घिमिरे मेमोरियल इन्डोर स्टेडियममा भएको फाइनल खेलमा सुनिल र मनिसको जोडीले भोजपुरका निश्चल खत्री र संखुवासभाका प्रविन लिङ्थेपलाई सोझो सेटमा पराजित गर्दै जित हासिल गरेका छन्।

उपाधिसँगै कार्की र खड्काको जोडिले नगद ६० हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरेको छन्। उपविजेता निश्चल खत्री र प्रविन लिङ्थेपले नगद ३५ हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। त्यसैगरी सेमिफाइनलिस्ट सङ्खुवासभाका प्रमिस श्रेष्ठ र झापाका प्रमिस सिंह ठकुरी तथा भोजपुरका विवेक श्रेष्ठको जोडीले नगद १०/१० हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।




त्यस्तैगरी सय वर्ष माथिको भेट्रान्स तर्फ तर्फको प्रतियोगितामा विराटनगरका जिवन कुमार बोगटी र सुनसरीका श्रवन चौधरीको जोडी प्रथम भएको छ। पाँचथरका रामराज आङ्दामे र काठमाडौंका सञ्जय कपालीको जोडी उपविजेता भएको छ। विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाका साथमा मेडल र प्रमाणपत्र गरेका छन्। सेमिफाइनलिस्ट नेपालगञ्जका हरि खत्री र अनिल लाखे तथा काठमाडौंका इन्द्र महत र सुनसरीका देव तामाङको जोडी प्रति जोडि नगद सात हजार पाँच सय रुपैयाँ प्राप्त गरेका छन्।

जिल्ला स्तरीय सङ्खुवासभा स्तरीय वि डिभिजन पुरुष डवल तर्फ तुम्लिङटारका अनमोल बुर्जा र सफल श्रेष्ठ विजेता भएको छ। उपविजेता खाँदबारीका लेखनाथ श्रेष्ठ र नरेन्द्र तामाङ भएका छन्। त्यसैगरी मानेञ्याङका साहिद श्रेष्ठ र सन्दिपभगत श्रेष्ठ तथा खाँदबारीका सुमन गौतम र सविन तामाङको दुई जोडी तेस्रो भएको छ।

बी डिभिजन तर्फको विजेताले नगद २० हजार, उपविजेताले १० हजार र सेमिफाइनलिस्ट दुई जोडीले प्रति जोडि पाँच हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन्। प्रतियोतिामा भारतको कोलकोत्ता, ग्यानटोक, सिक्किम, दार्जेलिङ सहित नेपालका ९२ टिमको सहभागिता रहेको ब्याडमिन्टन संघ संखुवासभाका अध्यक्ष श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...