मुख्य समाचार
इराकमा ५ महिनादेखि ५ नेपाली महिला बन्धक
इराकमा ५ महिनादेखि ५ नेपाली महिला बन्धक

। मासिक ४० हजार रुपैयाँ कमाइ हुने प्रलोभन देखाएपछि मकवानपुरकी शान्ति माया गोेले विदेश जान राजी भइन् ।

‘घरको काम हो, दुःख हुँदैन’ भनेर लोभ देखाएकी थिइन्, मकवानपुरकै बिना लामाले । बिनाले गाउँका अनय महिलाहरुलाई पनि विदेश पठाएकी थिइन् । शान्ति पनि आर्थिक समस्यासँग जुधिरहेकी थिइन् । बिनाको प्रस्ताव आएपछि शान्ति ८० माघ अन्तिममा इराक जान भनेर घरबाट निस्किन् ।




उनलाई आफू कसरी जादैछु भन्ने समेत थाहा थिएन, न त बिनाले नै केही बताएकी थिइन् । शान्तिको साथ लागेर उनकी दिदी मञ्जु वाइबा पनि गएकी थिइन् ।

०८० माघमा उनीहरुलाई भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट दुबई हुँदै इराक पुर्‍याइयो । त्यहाँ उनीहरुलाई घरेलु कामदारहरु ‘सप्लाइ’ गर्ने कम्पनी ‘बर्जा कोस्क’ मा पुुर्‍याइयो ।




बन्धक बनाइएको शान्ति तामाङ
कुर्दिस्तानको नाज शहरमा रहेको उक्त कम्पनीले ६ महिनायता शान्तिसहित पाँच नेपाली महिलाहरुलाई बन्धक बनाएर राखेको शान्तिका श्रीमान् जोन नगरकोटीले बताए । ‘घरमा काम लगाइदिने भनेर ६ महिनादेखि बन्धक बनाएर राखिएको छ’, उनले अनलाइनखबरसँग भने ।

शान्तिले उनलाई बताए अनुसार मकावनपुरकी चन्द्रकुमारी गुरुङ, मञ्जु बाइबासहित दुई जना पनि बन्धक बनाइएका छन् । बाँकी दुई जनाको नाम भने आफूलाई थाहा नभएको जोनले बताए ।

शान्तिसँग सम्पर्कमा रहेका उनी भन्छन्, ‘बाहिर कतै निस्कन पनि दिएको छैन । एजेन्टले फोन र पासपोर्टहरु समेत खोसेकाले कहिलेकाहीँ मात्र सम्पर्क हुने जोन बताउँछन् ।

शान्तिले जोनलाई बताए अनुसार त्यहाँ नेपालीसँगै भारत, बंगलादेश, पाकिस्तान लगायतका देशका महिलाहरु पनि छन् । घरेलु काम लगाइदिने भन्दै अवैध बाटोबाट ल्याइएका उनीहरुलाई बन्धक बनाएर राख्नेमा नेपाली पनि छन् ।

बर्जा कोस्क नामक उक्त कम्पनीको फेसबुक पेज समेत भेटिन्छ । उक्त पेजमा विदेशी कामदारहरु उपलब्ध गराइने भनेर लेखिएको छ भने विज्ञापन पनि राखिएको छ ।

‘स्वेदश फर्काउन ६ लाख माग’

बन्धक बनाइएका शान्तिसहित महिलालाई एजेन्टले स्वदेश फर्किन दिएका छैनन् । ‘एक जना बराबर छ लाख रुपैयाँ दिएमात्र घर फर्काइदिने भनिरहेका छन्’, शान्तिका श्रीमान जोनले भने, ‘पैसा नदिएसम्म उनीहरु छोड्न मानिरहेका छैनन् ।’

उनले आर्थिक स्थिति कमजोर भएकाले पैसा बुझाउँने सक्ने स्थिती नभएको बताए । श्रीमतीको उद्धारको लागि नेपाल सरकार समक्ष आग्रह गरेका छन् । ‘समस्या भएर नै कमाउन भनेर विदेश पठाएको’, उनले भने, ‘दुःख दियो, दियो, उल्टै पैसा मागिरहेको छ, हामीले त्यत्रो पैसा कहाँबाट ल्याउने ?’

उनले श्रीमतीलाई इराक पुर्‍याउने बिना लामाविरुद्ध दुई महिनाअघि नै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दिएका छन् । तर बिना अहिले फरार छिन् ।

कसरी पुर्‍याइन्छन् इराक ?

सरकारले श्रमिकको सुरक्षाको संवेदनशीलतालाई हेरेर युद्धग्रस्त राष्ट्र इराकमा वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको छ ।

२०६१ सालमा इराकमा १२ नेपालीको हत्या भएपछि सरकारले इराकमा जान प्रतिबन्ध लगाएको थियो । त्यसयता ०६७ सालमा केही समय खुला गरेपनि पुनः प्रतिबन्ध लगाइएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डुण्डराज घिमिरेले इराकमा प्रतिबन्ध लगाएकाले श्रम स्वीकृतिका लागि रोक लगाएको बताउँछन् । ‘प्रतिबन्ध लगाइएको देशमा श्रमका लागि लगेमा गैरकानुनी मानिन्छ’, उनी भन्छन् ।

वैधानिक हिसाबले जान सरकारले प्रतिबन्ध लगाएका बेला इराकमा गैरकानुनी रुपमा कामदार पठाउन मानव तस्करहरु सक्रिय भएका छन् ।

तस्करहरुले काम गर्ने ठाउँ सुरक्षित रहेको र आम्दानी राम्रो रहेको लगायतका विभिन्न प्रलोभन देखाएर दुबइको बाटो भएर नेपालीलाई इराक पुर्‍याइरहेका छन् ।

इराकको कुर्दिस्तानस्थित प्रवासी नेपाली समाजका अनुसारमात्र २० हजार नेपाली श्रमिकहरु इराकमा छन् । जसमा महिलाको संख्या पनि उल्लेख्य छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले थप पाँच जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले बस्दै आएका पाँच जना नेपालीलाई निष्कासन गरिएको स्रोतले जानकारी दिएको छ। निष्कासनमा पर्नेमा दाङका ओली र खड्का, प्युठानका बुढाथोकी, रुकुमका शाही र रुकुम पूर्वका खड्का थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई भारतको दिल्ली हुँदै नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरू बुधबार करिब ५ बजे काठमाडौं अवतरण ...
। लमजुङका राम लामा (परिवर्तित नाम) वैदेशिक रोजगारी खोज्दै सन् २०१९ मा पनामा पुगे । पानीजहाज कम्पनीमा रोजगारी पाइने भन्दै उनीसहित ९ नेपाली त्यहाँ पुगेका थिए । जहाजमा काम गर्ने सर्तसहित ६ महिनाको सम्झौता (एग्रिमेन्ट) गरी लाखौं रुपैयाँ ऋण निकालेर गएका उनीहरू पनामाको बाटो समातेका थिए । लामासँगै स्याङ्जा, काभ्रे र काठमाडौंका युवा पनि थिए । तर, ...
। अमेरिकाबाट ३५ नेपाली डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् । डिपोर्ट भएर आएका अधिकांशजसो तल्लो बाटोबाट गएकाहरू छन् । एक जना भने विद्यार्थी भिसामा गएका व्यक्ति समेत रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताए । ती विद्यार्थी कलेजमा रिन्यू (नवीकरण) नगरी भिसा विपरित काम गरेको पाइएपछि फर्काइएको पाइएको पंगेनीले बताए । अर्का एक जना भने ...
: अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई निष्कासन गरेको छ। अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले निष्कासन गरेको हो। निष्कासनमा परेका नेपालीहरू बुधबार दिउँसो ४:४० मा अमेरिकाको चार्टर्ड विमानबाट काठमाडौं आइपुगको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अमेरिकी इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टको विमानबाट उनीहरूलाई काठमाडौं ल्याएको हो। ३५ जनामध्ये १ जना महिला र ३४ जना पुरुष ...
— भारतस्थित प्रवासी नेपालीहरूले मतदानको अधिकारको माग गरेका छन् । विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषय बहसमा रहेका बेला भारतमा रहेका नेपालीहरुले पनि आवाज पठाएका छन् । प्रवासी नेपालीहरुको संगठन नेपाली समाज भारतले मंगलबार दिल्लीस्थित नेपाली दूतावासमा उक्त माग राख्दै ज्ञापन बुझाएको छ । नेपालको संविधानले सबै नेपाली नागरिकलाई मतदानका अधिकार दिएको भन्दै नेपाली समाजले ...