मुख्य समाचार
अष्ट्रेलियालाई स्तब्ध बनाउने अफगानिस्तानका आर्किटेक्क नायब
अष्ट्रेलियालाई स्तब्ध बनाउने अफगानिस्तानका आर्किटेक्क नायब

। अफगनिस्तानले टी–२० विश्वकपमा अष्ट्रेलियालाई स्तब्ध पारेको छ ।

सुपर ८ बाट बाहिरिनबाट बच्न जित चाहिएको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनायो । अनि अष्ट्रेलियालाई १२७ रनमा अलआउट गर्दै २१ रनको ऐतिहासिक जित निकालेको हो ।

अफगानिस्तानको यो जितको आर्किटेक्ट भने गुलबद्दीन नायबलाई मान्न सकिन्छ ।

सेन्ट भिन्सेन्टमा अफगानिस्तानका सिमरहरुले अष्ट्रेलियाको टप अर्डर ध्वस्त बनाए । तर ग्लेन म्याक्सवेल फेरि एक पटक संकटमोचकका रुपमा देखा परे ।

अजमतुल्लाह उमरजाइलाई चौका हानेपछि मुस्कुराएका म्याक्सवेलले ३५ बलमा अर्धशतक पूरा गरे । अनि अष्ट्रेलियाको ड्रेसिङ रुमतर्फ थम्स अप गर्दै अफगानिस्तानलाई एक पटक फेरि हराउन तयार रहेको संकेत गरे ।

तर गुलबद्दीन नायब र नूर अहमदले मिलेर म्याक्सवेललाई ४१ बलमा ५९ रनमा रोक्दै अफगानिस्तानको अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राखे ।

म्याक्सवेल आउट हुँदा अष्ट्रेलियाको स्कोर १५ औं ओभरमा १०६/६ थियो । ३२ बलमा ४३ रन चाहिएको थियो ।

तर नायबले सेन्ट भिन्सेन्टको पिच कण्डिसनको भरपुर उपयोग गर्दै मात्र २० रन दिएर ४ विकेट लिए ।



आठौं बलरका रुपमा आएका उनले म्याक्सवेल, मार्कस स्टोइनिस, टिम डेभिड र पेट कमिन्सलाई आउट गरेका थिए । अष्ट्रेलियामाथि यो जित क्रिकेटको कुनै पनि फर्म‍याट अफगानिस्तानको पहिलो हो ।

यसअघि कमिन्सले विश्वकपमा लगातार दोस्रो ह्याट्रिक विकेट लिएका थिए, तर दिन भने अफगानिस्तानकै थियो ।

शानदार ओपनिङ

ओपनरद्वय रहमानुल्लाह गुरबाज र इब्राहिम जादरानले शतकीय साझेदारी गरे । त्यस क्रममा दुबैले अर्धशतक बनाए ।

यो जोडी टुटाउन अष्ट्रेलियाले १६औं ओभरसम्म कुर्नुपर्‍यो । यसअघि अष्ट्रेलियाले टी–२० आईमा विकेटका लागि यति समयसम्म कुर्नुपरेको थिएन ।

गुरबाज र इब्राहिमले पहिलो चार ओभरमा २१ डट खेले र जम्मा १७ रन बनाए । तर अर्को दुई ओभरमा स्कोर दोब्बरभन्दा बढी बनाए र पावर प्ले सकिँदा ४० रन बनाए ।

यदि एडम जाम्पाले आउट फिल्डमा केही कठिन जस्तो देखिएको क्याच नछाडेको भए इब्राहिम ११ रनमै आउट हुने थिए । उनले ३२ रनमा अर्को जीवनदान पाए । अष्ट्रेलियाको कमजोर फिल्डिङको अफगानिस्तानले भरपुर फाइदा उठायो ।

अष्ट्रेलियाको कमब्याक

तर कमिन्सले ह्याट्रिक विकेट लिएर डेथ ओभरमा अष्ट्रेलियालाई खेलमा फर्काए । उनले १८औं र २० औं ओभरमा राशिद खान, करिम जनत र गुलबद्दीन नायबको विकेट लिए ।



तीन दिनअघि बंगलादेशविरुद्ध पनि उनले ह्याट्रिक विकेट लिएका थिए । कमिन्सका अनुसार त्यो खेलमा आफू ह्याट्रिकको सम्भावना रहेको थाहै पाएका थिएनन् ।

आइतबार भने उनलाई थाहा थियो, त्यसैले म्याक्सवेलले क्याच लिनु अगाडि नै उनले ह्याट्रिक विकेटको खुसी मनाउन हात उठाइसकेका थिए । लगत्तैको बलमा डेभिड वार्नरले नाङ्ग्याल बरोतीको क्याच नछोडेको भए उनले चार विकेट पनि लिनसक्थे ।

अन्तिम बलमा नायबले छक्का हानेपछि १६औं ओभरमा ११८/० मा रहेको अफगानिस्तानले १४८/६ मा इनिङ अन्त्य गर्‍यो ।

नवीनको डबल स्ट्राइक

अफगानिस्तानले पावर प्लेमा पटक पटक फजलहक फारुकीलाई प्रयोग गर्दै आएको थियो, तर आइतबार अष्ट्रेलियाको टप अर्डर नविन उल हकले ध्वस्त बनाए ।

अष्ट्रेलियाले खाता खोल्न नपाउँदै ट्राभिस हेडलाई आउट गरेका उनले अर्को ओभरमा मिचेल मार्सलाई पभेलियनको बाटो देखाए ।

तीन ओभरमा अष्ट्रेलियाको स्कोर १६/२ थियो, जतिबेला म्याक्सवेल आए । उनले रासिद खानविरुद्ध सुविचारित जोखिम उठाए, जसले अष्ट्रेलियालाई आवश्यक रनरेट पूरा गरिदियो । नायबलाई छक्का हान्दै अर्धशतक पूरा गरेपछि अफगानिस्तानलाई २०२३ मुम्बइ दोहोरिने डर लागेको थियो ।

तर नायबले त्यो डर हटाए ।

१३ औं ओभरको समाप्तिमा अष्ट्रेलियाको स्कोर ९४/५ थियो । फिनिसर म्याक्सवेल र म्याथ्यू वेड क्रिजमा थिए ।

नायबले आफ्नो पहिलो दुई ओभरमा स्टोइनिस र डेभिडको विकेट लिएका थिए । अब फेरि बलिङमा ल्याउने योजना थिएन । तर म्याक्सवेलले जसरी खेलिरहेका थिए, कप्तान रासिद खानले नायबलाई जिम्मेवारी दिए ।

नायब तीव्र गतिका होइनन् र उनी जसरी पिचमा बल फाल्छन्, त्यसबाट आउने प्रतिक्रिया बेग्लै हुन्छ ।

आफ्नो तेस्रो ओभरको चौथो बलमा जब उनले म्याक्सवेलको विकेट लिए, दुबै मसल देखाएर सेलिब्रेट गरे । उनले आफ्नो अन्तिम ओभरमा कमिन्सलाई पभेलियनको बाटो देखाएपछि नविन र उमरजाइले जित पक्का गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...