मुख्य समाचार
आँप महोत्सव : तीन दिनमा १५ लाखको बिक्री
आँप महोत्सव : तीन दिनमा १५ लाखको बिक्री

। आँप रुचाउने शंखमूलका प्रतीक आचार्यले स्वाद पछ्याउँदै काठमाडौंमा आयोजना गरिएको महोत्सवमा पुगे । आँप महोत्सवमा उनले जर्दा, बम्बई, गुलाब खास, कलकत्तिया, दसहरी गरी पाँच थरी आँपको स्वाद चाखे ।

तीनदिन चलेको महोत्सवमा उनले आँपको अनेक प्रजाति चिन्ने मौकामात्रै पाएनन्, आँपबाट बन्ने रेसेपी, अचार लगायतका बहुउपयोगिता र महत्वबारे पनि बुझ्न पाए । ‘हेर्दा एउटै लाग्ने आँप स्वाद र यसको प्रयोग बहुआयामिक रहेछ,’ उनले भने ।




प्रतीकले जस्तै धेरैलाई विभिन्न प्रजातिका आँप चाख्ने र उपयोगबारे बुझ्ने अवसर जुराइदियो, किसान भेन्चर र काठमाडौं अर्गानिक्सले आयोजना गरेको ‘प्रथम नेपाल आँप फेस्ट २०८१’ले ।





शुक्रबारदेखि सुरु भएको आँप महोत्सव विभिन्न कार्यक्रमकाबीच आइतबार समापन भयो ।

नेपाली आँपको प्रयोग बढाउन, किसानलाई प्रोत्साहित गर्न र उपभोक्तालाई विषादीरहित स्वस्थ आँपको पहुँच पुर्‍याउने उद्देश्यले काठमाडांैमा आँप महोत्सव आयोजना गरिएको थियो ।

महोत्सवमा सर्लाही, सप्तरी, सिराहा, महोत्तरीलगायत जिल्लाका ५० किसानका बगानबाट ल्याइएका आँप राखिएको थियो ।

महोत्सवमा प्राकृतिक रूपमा पाकेका वा पकाइएका मालदह, जर्दा, बम्मई, गुलाब खास, अम्रपाली, कलकत्तिया, दसहरी लगायत १५ प्रकारका आँप प्रदर्शनमा रखिएका थिए ।



आयोजकका अनुसार १० हजारले महोत्सव अवलोकन गरेका छन् । त्यस्तै तीनदिनको अवधिमा १५ लाख बराबरको आँप बिक्री भएको छ ।

काठमाडौं अर्गानिक्सका सञ्चालक भुवन केसीले नेपाली बजार प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको महोत्सवले आँपलाई चिनाउन मद्दत पुर्‍याएको बताए । ‘नेपालमा मात्रै १५४ प्रजातिका आँप पाइने भए पनि धेरैलाई थाहा छैन,’ उनले भने ।

आँप फलको रूपमा मात्रै नभएर अचार, पाउडर, डिहाइड्रेड म्याङ्गो, जाम, जुस, रेसिपीलगायतका रूपमा पनि प्रयोग गर्न सकिन्छ भन्ने महोत्सवले देखाएको छ ।

केसीले भने, ‘जेठदेखि साउन मसान्तसम्म पाक्ने भएकाले फलका रूपमा आपको सिजन छोटो हुन्छ । तर यसलाई अन्य परिकार बनाएर प्रयोग गर्ने हो भने यसको बजार वर्षभर रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अन्तर्राष्ट्रिय सीमा क्षेत्र वरपर क्यासिनो व्यवसाय दर्ता तथा सञ्चालनका लागि दुईथरी प्रावधान राखेर सरकारले नयाँ नियमावली ल्याएको छ । नियमावलीअनुसार सीमा क्षेत्रबाट पाँच किलोमिटरसम्म नयाँ क्यासिनो दर्ता गर्न नमिल्ने भएको छ । यसअघि तीन किलोमिटरको सीमा तोकिएको थियो । पाँच किलोमिटरभित्रै तोकिएका सर्त पालना गरेर चलिरहेका पुराना क्यासिनोलाई भने नियमावलीले सञ्चालनमा छुट दिएको छ । पर्यटनसम्बन्धी कानुन संशोधन ...
— अन्नको भण्डार भनिने तराई/मधेश क्षेत्रमै बर्खायाममा निम्तिएको खडेरीका कारण रोपाइँ प्रभावित हुँदा देशव्यापी धान उत्पादनमै २० प्रतिशतले कमी आउने अनुमान गरिएको छ । धान औसत फल्दा पनि माग धान्न नसक्ने र आयातमा ठूलो रकम बाहिरिने गरेको पृष्ठभूमिमा यस वर्ष आयात झनै बढ्ने निश्चित छ । गत वर्ष धान (बीउसहित) आयातमा २० अर्ब ३५ करोड रुपैयाँ विदेशिएको ...
: वीरगन्ज नाकाबाट नेपाल उत्पादित मालसामानको विदेशमा निर्यात बढेको छ। गत आर्थिक वर्ष २०८१/८८२ मा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा २ सय २७ प्रतिशतले बढी मालसामान भारत तथा तेस्रो मुलुकमा निर्यात बढेको हो। गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै १ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरको नेपालमा उत्पादित मालसामान भारत तथा तेस्रो ...
। गत आर्थिक वर्ष २०८१/८२ को कुनै पनि महिना लक्ष्य अनुसार भन्सार राजस्व संकलन हुन नसकेको देखिएको छ । भन्सार विभागका अनुसार गत आव विभागले ४ खर्ब ८४ अर्ब ७ करोड रुपैयाँ बराबर राजस्व उठाएको छ । यो लक्ष्यको ८३.०१ प्रतिशत हो । यस आव विभागको लक्ष्य ५ खर्ब ८२ अर्ब ६७ करोड रुपैयाँ थियो । विभागले ...
: नेपालको पहिलो चिज उत्पादन केन्द्र लाङटाङ बन्द हुने अवस्थामा पुगेको छ। २००९ सालमा स्थापना भएको केन्द्रमा किसानले दूध न्यून मात्रामा मात्र ल्याउन थालेपछि केन्द्र बन्द हुने अवस्थामा पुगेको हो। सरकारले उचित मूल्य नदिँदा चौँरीपालक किसान घटेका छन् जसले गर्दा दूध उत्पादन घटेको छ। केन्द्र प्रमुख ग्याल्बु तामाङका अनुसार केन्द्रमा अहिले दैनिक ८० देखि ...