मुख्य समाचार
दक्षिण अफ्रिका टी-२० विश्वकपमा ७ खेल जित्ने पहिलो देश
दक्षिण अफ्रिका टी-२० विश्वकपमा ७ खेल जित्ने पहिलो देश

– दक्षिण अफ्रिका टी-२० विश्वकप इतिहासमा एकै संस्करणमा ७ खेल जित्ने पहिलो देश बनेको छ । आईसीसी टी-२० विश्वकप २०२४ मा सुपर-८ मा सोमबार वेष्टइण्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ३ विकेटले हराउँदै उक्त कीर्तिमान बनाएको हो ।

यसअघि टी२० विश्वकपमा सन् २००९ मा श्रीलंका तथा अष्ट्रेलियाले २०१० र २०२१ मा एकै संस्करणमा ६-६ खेल जितेका थिए । समूह डी को दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट, बंगलादेशलाई ४ रन र नेपाललाई १ रनले हराएको थियो ।




त्यस्तै सुपर-८ मा ग्रुप-२ बाट दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रन, इंग्ल्यान्डलाई ७ रन र वेष्टइन्डिजलाई ३ विकेटले हराउँदै लगातार ७ जित निकाल्दै सेमिफाइनलमा पुगेको हो ।
दक्षिण अफ्रिका ग्रुप–२ बाट ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । इंग्ल्यान्ड ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुग्यो ।

ग्रुप-१ बाट सेमिफाइनलमा पुग्ने दुई टोलीको टुङ्गो लाग्न बाँकी छ । दक्षिण अफ्रिकाले सेमिफाइनलमा अफगानिस्तान वा अष्ट्रेलिया मध्य एकसँग खेल्ने उच्च सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...