मुख्य समाचार
सेमिफाइनलमा पुग्न भारतलाई जित्नै पर्ने दबाबमा अष्ट्रेलिया
सेमिफाइनलमा पुग्न भारतलाई जित्नै पर्ने दबाबमा अष्ट्रेलिया

– अष्ट्रेलियाले आईसीसी टी-२० विश्वकप २०२४ मा सेमिफाइनलमा स्थान बनाउन भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज बेलुका ८ः १५ मा सुरु हुनेछ ।

सुपर-८ को ग्रुप-१ मा भारत २ खेलमा २ मा जितका साथ शीर्ष स्थानमा छ । अष्ट्रेलिया २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ । अफगानिस्तान २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ । अफगानिस्तानले अन्तिम खेल मंगलबार बिहान बंगलादेशसँग खेल्नेछ ।




उपाधि दाबेदार अष्ट्रेलियालाई शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न भारतलाई हराउनै पर्ने समिकरण बनेको छ । भारतसँग हार्दा अष्ट्रेलिया सुपर–८ बाट नै बाहिरिने सम्भावना उच्च छ । किनभने अफगानिस्तान बंगलादेशलाई हराउँदै ४ अंकका साथ सेमिफाइनल खेल्ने दाउमा छ । भारत र अफगानिस्तानले अन्तिम खेल जितेको खण्डमा अष्ट्रेलिया बाहिरिने समिकरण छ ।

सेमिफाइनलमा पुग्न भारतलाई जित वा झिनो अन्तरको हार पर्याप्त हुनेछ । उता अफगानिस्तानलाई सेमिफाइनलमा पुग्न अष्ट्रेलियाले हार्दा बंगलादेशविरुद्ध जित मात्रै पर्याप्त हुनेछ । तर अष्ट्रेलियाले जितेको खण्डमा अफगानिस्तान सेमिफाइनलमा पुग्न विशाल जित हात पार्नुपर्छ । किनभने अफगानिस्तानको नेटरनरेट माइनस ०.६५० छ ।



सेमिफाइनलमा पुग्न अष्ट्रेलियाले हारेको खण्डमा अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशसँग पनि हार्नुपर्छ । यो अवस्थामा २-२ अंक हुँदा अष्ट्रेलिया नेटरनरेटको कारण सेमिफाइनलमा पुग्न सक्छ ।

पछिल्लो खेलमा अफगानिस्तानसँग २१ रनले हार्नु अष्ट्रेलियालाई ठूलो दबाब परेको हो । प्रमुख तीव्र गतिका बलर मिचेल स्टार्क भारतविरुद्ध टोलीमा फर्किनेछन् । टोलीमा अन्य परिवर्तनको सम्भावना कम छ । विकेटकिपर म्याथ्यु वेडको स्थानमा जोश इंग्लिसलाई मौका दिनसक्छ ।

ग्लेन म्याक्सवेल, ट्रविस हेड र मार्कस स्टोइनिस अष्ट्रेलिया प्रमुख ब्याटर हुन् । कप्तान मिचेल मार्शले यस विश्वकपमा ६ खेलमा मात्रै ८८ रन बनाएका छन् । उनीबाट महत्वपूर्ण खेलमा अष्ट्रेलिया ठूलो इनिङ चाहन्छ । ग्लेन म्याक्सवेलले भारतविरुद्ध खेलेको २१ टी२० आई खेलमा २ शतक र २ अर्धशतकसहित कुल ५५४ रन बनाएका छन् ।

पछिल्ला दुई खेलमा लगातार ह्याट्रिक लिएका तीव्र गतिका प्याट कमिन्स भारतलाई घातक बन्न सक्छन् । स्पिनर एडम जाम्पाले यस विश्वकपमा १३ विकेट लिई सकेका छन् । कमिन्स, मिचेल स्टार्क र जोश हेजलवुडको बलिङ आक्रामण खेल्न भारतलाई सहज हुनेछैन ।

भारतमा रोहित शर्मा, विराट कोहली, ऋषभ पन्त र सूर्य कुमार यादव प्रमुख ब्याटर छन् । यस विश्वकपमा ओपनिङ गरेका विराट कोहलीले ६ खेलमा क्रमश : ३७, २४, ०, ४ र १ रन बनाएका छन् । कोहलीबाट भारत राम्रो सुरुवात चाहन्छ ।

तीव्र गतिका बलर जस्प्रित बुमराह प्रमुख हतियार हुन् । वर्तमान समयका उत्कृष्ट तीव्र गतिका बलर बुमराहविरुद्ध रन जोड्न सहज हुनेछैन । स्पिनर कुलदीप यादव र रविन्द्र जडेजा स्पिन हतियार हुन् । स्पिन हतियार भारतले अष्ट्रेलियाविरुद्ध मुख्य रणनीति बनाउन सक्छ ।

यता भारत अष्ट्रेलियासँग २०२३ नोभेम्बर १९ मा घरेलु मैदान अहमदाबादमा एकदिवसीय विश्वकपको फाइनलमा ब्यहोरेको ६ विकेटको हारको बदला लिन चाहन्छ । उक्त विश्वकपमा भारत लगातार १० खेल जितेर फाइनलमा पराजित भएको थियो ।

उता ग्रुप–२ बाट दक्षिण अफ्रिका शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् । गुप-१ को विजेताले इंग्ल्यान्ड र उपविजेताले दक्षिण अफ्रिकासँग सेमिफाइनल खेल्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...