मुख्य समाचार
नवजात शिशुसँगै गोठमा बस्न बाध्य छिन् वसन्ती
नवजात शिशुसँगै गोठमा बस्न बाध्य छिन् वसन्ती

: ताजाँकोट गाउँपालिका-३ दुर्गम मासपुर गाउँकी वसन्ती रोकाया सुत्केरी भएको तीन साता पुगेको छ। गोठमै सुत्केरी भएकी उनी अझै एक साता त्यही बस्नेछिन्।



अँध्यारोमा वस्तुभाउसँगै बसेकी बसन्तीको काखमा नवजात शिशु पनि छ। घरमा बस्दा देवता रिसाउने भन्दै गोठमा पठाएपछि उनी चिसो जमिनको भुइँमा रात कटाउन बाध्य छिन्। उनीसँग ओढ्ने ओछ्याउने कपडा पर्याप्त मात्रामा पनि छैन। गोठमा चिसोबाट बच्चा र आफू कसरी बच्ने भन्ने चिन्ता छ। उनलाई सन्चो पनि छैन।

दुई वर्षअघि सर्केगाड गाउँपालिका–३, उनापानी गाउँकी दुधकली सार्की सुत्केरी भएर गोठमै बस्नु परेको अनुभव सुनाइन्। सार्कीले चिसोबाट बचाउन नसकेर नवजात शिशुको ज्यान भएको दुखेसो पोखिन। न्यानो कपडा नभएर बन्द गोठमै जन्मिएको पाँच दिनमै शिशुको मृत्यु भएको सार्कीको भनाइ उस्तै छ।




‘सानै उमेरमा विवाह गरेर बच्चा जन्माइयो झनै बोझ थपियो। कहिले ढाड दुख्छ कहिले तल्लो पेट दुख्छ कहिलेकाहीँ रिंगटा लाग्छ। सानै उमेरमा विवाह गरेर समस्या आएको त होला। हुम्ला जिल्लाका अधिकांश गाउँहरूमा सुत्केरी हुँदा गोठमा राख्ने प्रचलन अझैसम्म हटेको छैन,’ उनले भनिन्।

आर्थिक अवस्था कमजोर भएकोले पोसिलो खानेकुरा नभएको उनको भनाइ छ। छाउपडी प्रथा उन्मूलन र सुत्केरीको पोषणका क्षेत्रमा तीनै तहका सरकार सहित थुप्रै गैरसरकारी संस्थाहरू समेत यस क्षेत्रमा कार्यरत छन्।

सरकारले कर्णाली पाँच जिल्लामा स्वास्थ्य संस्थामा बच्चा जन्माउने महिलालाई ३ हजार भत्ता र भोटो चोलो साथै त्यसअघि गर्भजाँच बापत ८०० गरी ३ हजार ८ सय दिने व्यवस्था गरेको छ। स्थानीय स्तरमा महिलाहरूलाई यस विषयमा जानकारी नहुँदा सेवा सुविधाबाट बञ्चित भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार शनिबार अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेक बाढी मापन भएको छ । बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले बताए । बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको उनले बताए । यहाँ शनिबार साँझ मापन गरिएको ...
। ललितपुरको सातदोबाटोबाट गोदाबरी जाने सडकमा भ्वाङ परेको छ । उक्त सडकको हात्तीबनमा पार्किङ गरिराखेको बस भ्वाङमा खसेको छ । आइतबार दिउँसो उक्त बसलाई बाहिर निकालिएको छ ।छेउमा रहेको ढल भत्किएका कारण सडकमा भ्वाङ परेको छ । सोही सडक खण्डको हात्तीवनमै अर्को पनि भ्वाङ परेको छ । त्यस्तै कतै पहिरो खसेको छ भने कतै रुख ढलेर सडक ...
। काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द भएको छ । पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोले शनिबार बिहानैदेखि यो सडक खण्ड बन्द रहेको छ । काठमाडौं–मुग्लिन–नारायणगढसम्म शनिबार रातभर सवारी चलाउन रोक लगाइएको छ । पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने विपी राजमार्ग समेत अवरुद्ध बनेको छ । उता, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक बन्द भएका छन् । पहिरोका ...
काठमाडौं सिंगापुर एयरलाइन्सले पहिलोपटक काठमाण्डौंमा बोइङको ७८७–१० ड्रिमलाइनर बिमानमार्फत् उडान गर्ने भएको छ । सिंगापुर–काठमाण्डौ–सिंगापुर रुटमा हाल सातामा सात उडान गरिरहेको सिंगापुर एयरलाइन्सले नेपालीको महान चाडपर्वहरु दशैं–तिहारलाई लक्षित गरी हप्तामा दुई दिन ठूलो आकारको ड्रिमलाइनर जहाजमार्फत् उडान गर्ने घोषणा गरेको छ । अक्टुवर र नोभेम्बर महिनामा हरेक सोमबार र बिहीबारको उडान ड्रिमलाइनरमार्फत् गर्न लागिएको सिंगापुर एयरलाइन्सले ...
: दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ। त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंमा मात्रै ३२ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका सहप्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका छन्। ४० जना सम्पर्कविहीन भएका छन्। देशभरिमा ४४ स्थानमा ...