मुख्य समाचार
वैदेशिक रोजगारीको बाहानामा दुबई पुर्‍याई मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीको बाहानामा दुबई पुर्‍याई मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ

: वैदेशिक रोजगारीको बाहानामा दुबई पुर्‍याई मानव बेचबिखन गर्ने अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको



ललितपुर महानगरपालिका-८ का ४२ वर्षीय मनोज महर्जन रहेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार उनले श्रम स्वीकृतिको सम्पूर्ण प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीको पठाउने भनि झुक्याई भिजिट भिसामा दुबईमा पुर्‍याई घरेलु कामदारहरू पठाउने एजेन्ट अफिसमा लागि बेचबिखन गरेको खुल्न आएको छ। गत फागुन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवै पुर्‍याएकोमा ब्यूरोले विभिन्न निकायसँग समन्वय गरेर फागुन १९ गते दुबईबाट उद्धार गरेको थियो।

हाल पक्राउ परेका प्रतिवादी यसअघि पनि वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा ७ वर्ष कैद भुक्तान गरी २०७९ चैतमा कारागारबाट छुटेको खुल्न आएको सूचना अधिकारी गौतम मिश्रले बताए। उनका अनुसार प्रतिवादीले जाहेरवालालाई दुबईमा टिस्यु पेपर प्याक गर्ने कम्पनीमा मासिक १८०० दिराम तलब हुने प्रलोभन देखाएर पीडितबाट २ लाख ९० हजार लिएको खुलेको छ।




एजेन्ट अफिसले जाहेरवालालाई बन्धक बनाई विभिन्न व्यक्तिहरुको घरमा घरेलु कामदारको रुपमा पठाई शारीरिक तथा मानसिक यातना दिई विना पारिश्रमिक दैनिक १८ देखि २० घण्टासम्म घरायसी काममा लगाई चरम श्रम शोषण समेत गरेको खुल्न आएको ब्यूरोले जनाएको छ।

ब्यूरोका अनुसार मानव वेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार शनिबार अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेक बाढी मापन भएको छ । बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले बताए । बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको उनले बताए । यहाँ शनिबार साँझ मापन गरिएको ...
। ललितपुरको सातदोबाटोबाट गोदाबरी जाने सडकमा भ्वाङ परेको छ । उक्त सडकको हात्तीबनमा पार्किङ गरिराखेको बस भ्वाङमा खसेको छ । आइतबार दिउँसो उक्त बसलाई बाहिर निकालिएको छ ।छेउमा रहेको ढल भत्किएका कारण सडकमा भ्वाङ परेको छ । सोही सडक खण्डको हात्तीवनमै अर्को पनि भ्वाङ परेको छ । त्यस्तै कतै पहिरो खसेको छ भने कतै रुख ढलेर सडक ...
। काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द भएको छ । पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोले शनिबार बिहानैदेखि यो सडक खण्ड बन्द रहेको छ । काठमाडौं–मुग्लिन–नारायणगढसम्म शनिबार रातभर सवारी चलाउन रोक लगाइएको छ । पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने विपी राजमार्ग समेत अवरुद्ध बनेको छ । उता, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक बन्द भएका छन् । पहिरोका ...
काठमाडौं सिंगापुर एयरलाइन्सले पहिलोपटक काठमाण्डौंमा बोइङको ७८७–१० ड्रिमलाइनर बिमानमार्फत् उडान गर्ने भएको छ । सिंगापुर–काठमाण्डौ–सिंगापुर रुटमा हाल सातामा सात उडान गरिरहेको सिंगापुर एयरलाइन्सले नेपालीको महान चाडपर्वहरु दशैं–तिहारलाई लक्षित गरी हप्तामा दुई दिन ठूलो आकारको ड्रिमलाइनर जहाजमार्फत् उडान गर्ने घोषणा गरेको छ । अक्टुवर र नोभेम्बर महिनामा हरेक सोमबार र बिहीबारको उडान ड्रिमलाइनरमार्फत् गर्न लागिएको सिंगापुर एयरलाइन्सले ...
: दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ। त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंमा मात्रै ३२ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका सहप्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका छन्। ४० जना सम्पर्कविहीन भएका छन्। देशभरिमा ४४ स्थानमा ...