मुख्य समाचार
तुलसीपुर उपमहानगरपालिकाको २ अर्ब साढे ७ करोड बजेट
तुलसीपुर उपमहानगरपालिकाको २ अर्ब साढे ७ करोड बजेट

: दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट ल्याएको छ। सोमबार तुलसीपुर महानगरपालिकाकी उपप्रमुख सानी चौधरीले १५औं नगरसभा मार्फत आगामी आर्थिक वर्षको लागि २ अर्ब साढे ७ करोड बराबरको बजेट प्रस्तुत गरेकी हुन्।

पालिकाका जनअपेक्षालाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिएको उपप्रमुख चौधरीले बताइन। विकासमा लागत सहभागिता रोचक सहभागिता नगद तथा श्रमदानलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०८१/ ८२ को बजेट ल्याइएको छ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख चौधरीले आर्थिक वर्ष २०८१/८२ को कुल बजेट २ अर्ब ७ करोड ४९ लाख ६८ हजार ३५१ रुपैयाँ अनुमानित बजेट सभामा जानकारी गराएकी थिइन्।

बजेटको लक्ष्य अनुसारको आय आन्तरिक आम्दानी तर्फ ६१ करोड ५१ लाख ३६ हजार, संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान २७ करोड ३६ लाख, सशर्त अनुदान ७४ करोड ९१ लाख समपूरक अनुदान १ करोड ४५ लाख बजेट अनुमान गरिएको छ।

यसैगरी राजस्व बाँडफाँट २४ करोड ३९ लाख, वन रोयल्टीबाट ४ लाख ९४ हजार गरी कुल १ अर्ब २८ करोड ७७ लाख ४२ हजार रकम अनुमान गरिएको छ। यो बजेट चालू आवको भन्दा २७ करोड बढी हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार शनिबार अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेक बाढी मापन भएको छ । बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले बताए । बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको उनले बताए । यहाँ शनिबार साँझ मापन गरिएको ...
। ललितपुरको सातदोबाटोबाट गोदाबरी जाने सडकमा भ्वाङ परेको छ । उक्त सडकको हात्तीबनमा पार्किङ गरिराखेको बस भ्वाङमा खसेको छ । आइतबार दिउँसो उक्त बसलाई बाहिर निकालिएको छ ।छेउमा रहेको ढल भत्किएका कारण सडकमा भ्वाङ परेको छ । सोही सडक खण्डको हात्तीवनमै अर्को पनि भ्वाङ परेको छ । त्यस्तै कतै पहिरो खसेको छ भने कतै रुख ढलेर सडक ...
। काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द भएको छ । पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोले शनिबार बिहानैदेखि यो सडक खण्ड बन्द रहेको छ । काठमाडौं–मुग्लिन–नारायणगढसम्म शनिबार रातभर सवारी चलाउन रोक लगाइएको छ । पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने विपी राजमार्ग समेत अवरुद्ध बनेको छ । उता, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक बन्द भएका छन् । पहिरोका ...
काठमाडौं सिंगापुर एयरलाइन्सले पहिलोपटक काठमाण्डौंमा बोइङको ७८७–१० ड्रिमलाइनर बिमानमार्फत् उडान गर्ने भएको छ । सिंगापुर–काठमाण्डौ–सिंगापुर रुटमा हाल सातामा सात उडान गरिरहेको सिंगापुर एयरलाइन्सले नेपालीको महान चाडपर्वहरु दशैं–तिहारलाई लक्षित गरी हप्तामा दुई दिन ठूलो आकारको ड्रिमलाइनर जहाजमार्फत् उडान गर्ने घोषणा गरेको छ । अक्टुवर र नोभेम्बर महिनामा हरेक सोमबार र बिहीबारको उडान ड्रिमलाइनरमार्फत् गर्न लागिएको सिंगापुर एयरलाइन्सले ...
: दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ। त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंमा मात्रै ३२ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका सहप्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका छन्। ४० जना सम्पर्कविहीन भएका छन्। देशभरिमा ४४ स्थानमा ...