मुख्य समाचार
बंगलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो
बंगलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

: आईसीसी टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा अफगानिस्तानले बंगलादेशलाई ८ रनले पराजित गरेको छ । यो जितसँगै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ।



अफगानिस्तान आईसीसी ट्रफी प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो ।

अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन मात्र बनाएको थियो । बंगलादेशका लागि रिशाद होसेनले सर्वाधिक ३ विकेट लिएका छन्।




वर्षाका कारण बंगलादेशलाई डकवर्थ लुइसका अनुसार १९ ओभरमा ११४ रनको लक्ष्य दिइएको थियो । बंगलादेशको टोली १०५ रनमा मात्र सीमित भयो । अफगानिस्तानका नवीन उल हक र राशिद खानले चार–चार विकेट लिए ।

लिटन दासले ५४ रन बनाए पनि उनको इनिङ्सले टोलीलाई हारबाट जोगाउन सकेन ।

अब सेमिफाइनलका दुबै खेल जुन २७ मा हुने छन् । पहिलो सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकाको सामना गर्नेछ । दोस्रो खेल भारत र इंग्ल्याण्डबीच हुनेछ ।

आईसीसी टी–२० विश्वकपको फाइनल खेल २९ जुनमा ब्रिजटाउनमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...