मुख्य समाचार
‘प्रत्यक्ष निर्वाचनमा महिलालाई अलग्गै सिट निर्धारण गर्नुपर्छ’
‘प्रत्यक्ष निर्वाचनमा महिलालाई अलग्गै सिट निर्धारण गर्नुपर्छ’

: आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाका लागि छुट्टै सिट निर्धारण गर्र्नुपर्ने माग विपक्षी कांग्रेसमा उठेको छ। नेपाल महिला संघले काठमाडौंमा गरेको कार्यक्रममा नेताहरूले प्रत्यक्षतर्फ महिलालाई टिकट दिनै पार्टीहरूले कञ्जुस गरिरहेको भन्दै महिलाका लागि अब अलग्गै सिट निर्धारण गर्नुपर्ने बताए। संसद्मा महिलाको उपस्थिति व्यवहारमै बढाउनका लागि यस्तो व्यवस्था गर्नैपर्नेमा कांग्रेसका नेताहरूले जोड दिए।



कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीति परिवर्तनमा महिलाको ठूलो योगदान रहेको बताउँदै प्रत्यक्ष निर्वाचनमा महिलाका लागि छुट्टै सिट निर्धारण गर्नुपर्ने विषय सकारात्मक रहेको उल्लेख गरे। उनले भने, ‘प्रत्यक्ष निर्वाचनमा महिलाको सहभागिता बढाउन अलग्गै सिटको व्यवस्था गर्नुपर्छ भन्ने सकारात्मक विषय हो।’ देउवाले पार्टीभित्रको अन्तर्घातका कारण महिला नेताहरूले अवसर कम पाएको बताएका छन्, उनले भने, ‘अन्तर्घातले समग्र राजनीतिलाई नै असर गरेको छ। त्यसमा सबैभन्दा बढी अझै महिलाहरू राजनीतिमा थप अवसर पाउनबाट वञ्चित भएका छन्।’

संसारमा महिला अधिकार र समावेशी समानुपातिक व्यवस्थाका विषयमा आवाज उठिरहेको बेला नेपालमा भने राष्ट्रपति पदमा महिला सहभागी भइसकेको उल्लेख गर्दै भने देउवाले भने, ‘मुलुकमा भएको समावेशी समानुपातिक व्यवस्थाले महिलालाई राज्यका हरेक क्षेत्रमा स्थान दिएको छ। उक्त व्यवस्थाले आगामी दिनमा पनि महिलालाई अझ सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्दै जाने अवसर दिनेछ।’




लैंगिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै देउवाले अन्य मुलुक हेरिकन नेपालको सन्र्दभमा महिला महŒवपूर्ण स्थानमा पुगे भनेर ढुक्क भएर नबस्न भन्दै अगाडि भने, ‘अहिले संसारभर नै महिलाहरूको अधिकारका लागि महिलाहरूको समावेशीकरणका लागि, समानुपातिक विकासका लागि संसारभर नै एउटा आवाज उठेको छ। त्यही हिसाबमा नेपालमा पनि महिला राष्ट्रपति हुनुभएको छ। विद्या भण्डारीजी दुई पटक हुनुभएको छ। भोलिका दिनमा पनि यस्तै ठाउँहरू महिलाहरूले पाउनु हुनेछ। आज महिला राजनीतिज्ञहरू महत्त्वपूर्ण पदमा पुगे भनेर ढुक्क भएर बस्ने हैन। भोलिका दिनमा यस्तै महŒवपूर्ण जिम्मेवारीमा महिला आउन सक्ने भएकोले त्यसका लागि तयारी गरेर आफूलाई योग्य र सक्षम बनाउन सबै लाग्नुहोस्।’

पार्टीका वरिष्ठ नेता डा. शेखर कोइरालाले महिलाले राजनीतिक सशक्तीकरणका साथै आर्थिक र सामाजिक सशक्तीकरण पनि आफूलाई सक्षम बनाउँदै लैजानुपर्ने बताए। उनले विद्यमान आरक्षणको प्रतिशत वृद्धिको मागसँगै त्यसका लागि आफू सक्षम हुनुपर्नेमा जोड दिए।

कोइरालाले कांग्रेसको बीचमा गठबन्धन भए अन्य राजनीतिक दलहरूले निर्वाचनमा पराजित गर्न नसक्ने बताएका छन्। उनले घात, अन्तर्घात हुने भयले अन्य राजनीतिक दलहरूबीच गठबन्धन हुने गरेको भए पनि कांग्रेसको बीचमा गठबन्धन गरेको खण्डमा कुनै पनि राजनीतिक दलले हराउन नसक्ने जिकिर गरे। उनले महिलाहरू लैंगिक प्रतिनिधित्वमा राजनीतिक प्रतिनिधित्वभन्दा माथि उठ्न नसकेको बताए। उनले राजनीतिकसँगै आर्थिक, सामाजिक प्रतिनिधित्वमा पनि त्यत्तिकै सबल र सक्षम हुनुपर्ने बताए। कोइरालाले अबको निर्वाचनमा महिलाहरूलाई स्थानीय तहमा नेपाली कांग्रेसले प्राथमिकता दिएर पालिकाको अध्यक्षमा धेरै सिटहरू महिलालाई दिन जरुरी रहेको बताए।

कोइरालाले भने, जतिसुकै राजनीतिक अधिकार दिए पनि आर्थिक अधिकार तपाईंहरूको भएन, सामाजिक अधिकारहरू भएन भने समस्या जहीँको त्यहीँ रहन्छ। त्यसकारण आर्थिक समानता, सामाजिक समानताका कुराहरू पनि त्यत्तिकै ध्यान दिनुपर्छ। ३३ प्रतिशत सिट हामी रिजर्भेसन त गरेका छौं, मलाई के लाग्छ भने यो सिट जसरी रिजर्भेसन गरेका छौं, राजनीतिक तहमा। त्यो आफ्नो ठाउँमा अपर्याप्त होला। तपाईंहरूको माग ५१ प्रतिशत नै हो। हामीलाई आपत्ति छैन। ३३ प्रतिशत भइसकेको छ भने अब ५१ प्रतिशत गर्न के आपत्ति भयो र। त्यसको लागि सक्षम बन्दै जानुपर्ने हुन्छ।’ कोइरालाले निर्वाचनमा एक्लै होमिन नेपाली कांग्रेस आफैं पनि सक्षम भएको भन्दै उनले अगाडि भने, ‘हामी हाम्रोबीचमा गठबन्धन गरौं। नेपाली कांग्रेसको बीचमा गठबन्धन गर्ने हो भने हामीलाई कुनै पनि शक्तिले हराउन सक्दैन। अन्य दलहरूसँग गठबन्धन गर्नै पर्दैन।’

नेता कोइरालाले संविधान संशोधन गरेर भए पनि आगामी दिनमा प्रत्यक्ष निर्वाचनमा महिलाले मात्र प्रतिस्पर्धा गर्नेगरी सिट निर्धारणको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे।

महामन्त्री विश्वप्रकाश शर्माले समाजमा देखिएका महिला हिंसा र द्वन्द्व न्यूनीकरणका लागि महिला संघले नेतृत्वदायी भूमिकाका साथ अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए। उनले महिला संघसँग राजनीतिक संघर्षको लामो इतिहास भएको उल्लेख गर्दै समाजमा शान्ति कायम गर्न, थिति स्थापित गर्न संघ लाग्नुपर्ने धारणा राखे। माओवादी विद्रोह राजनीतिक रूपमा देशलाई शान्ति प्रक्रियामा रूपान्तरण गरे पनि अहिले नयाँ शान्ति प्रक्रिया जरुरी भएको उद्घोष गरेका हुन्। ‘नेपाली महिलालाई हिंसाबाट मुक्त गर्न नयाँ शान्ति प्रक्रिया आवश्यक छ। यसको प्रक्रिया थालनी महिला संघको अगुवाइले शंखघोष गर्नुपर्दछ।’ शर्माले भने, ‘दाइजोबाट, जातीय विभेदबाट, घरेलु हिंसाबाट प्रताडितहरूका मुद्दासँग गाँसेर जानुपर्छ। नयाँ शान्तिको खोजीमा लाग्नु पर्दछ।’

उनले समाजमा सबैभन्दा बढी आवेग रहेको बताए। उनले हरेक मान्छेसँग असन्तुष्टि र गुनासो रहेको उल्लेख गरे। शर्माले भने, ‘बिहानै उठेर छरछिमेक र आफूलाई हेर्नुहोस् त, हरेक मान्छेसँग असन्तुष्टि र गुनासो छ। यो आवेगले वर्षांैदेखि हाम्रो समाजलाई ध्वस्त बनाइरहेको छ।’

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने प्रत्यक्ष निर्वाचनमा महिलाले मात्र प्रतिस्पर्धा गर्ने व्यवस्था गर्न संविधान संशोधनतर्फ जानुपर्ने विषय उठाएका थिए। महिला संघकी अध्यक्ष उषा मिश्रले महिलालाई प्रत्यक्षमा उठ्नका लागि पार्टीले प्राथमिकता दिनुपर्ने बताउँदै भनिन्, ‘हाम्रो पार्टीका महिला हरेक क्षेत्रमा सक्षम छन्। मात्र अवसरको खाँचो छ। त्यो अवसर पार्टीले प्राथमिकताका साथ उपलब्ध गराउनुपर्ने बेला भएको छ।’

कांग्रेस नेतृ डा. आरजु देउवा राणाले महिला उद्यमशिलता, महिलाहरूको निर्णायक भूमिकामा प्रभाव साथै दिर्घकालीन लक्ष्य प्राप्तिका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार शनिबार अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेक बाढी मापन भएको छ । बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले बताए । बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको उनले बताए । यहाँ शनिबार साँझ मापन गरिएको ...
। ललितपुरको सातदोबाटोबाट गोदाबरी जाने सडकमा भ्वाङ परेको छ । उक्त सडकको हात्तीबनमा पार्किङ गरिराखेको बस भ्वाङमा खसेको छ । आइतबार दिउँसो उक्त बसलाई बाहिर निकालिएको छ ।छेउमा रहेको ढल भत्किएका कारण सडकमा भ्वाङ परेको छ । सोही सडक खण्डको हात्तीवनमै अर्को पनि भ्वाङ परेको छ । त्यस्तै कतै पहिरो खसेको छ भने कतै रुख ढलेर सडक ...
। काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द भएको छ । पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोले शनिबार बिहानैदेखि यो सडक खण्ड बन्द रहेको छ । काठमाडौं–मुग्लिन–नारायणगढसम्म शनिबार रातभर सवारी चलाउन रोक लगाइएको छ । पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने विपी राजमार्ग समेत अवरुद्ध बनेको छ । उता, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक बन्द भएका छन् । पहिरोका ...
काठमाडौं सिंगापुर एयरलाइन्सले पहिलोपटक काठमाण्डौंमा बोइङको ७८७–१० ड्रिमलाइनर बिमानमार्फत् उडान गर्ने भएको छ । सिंगापुर–काठमाण्डौ–सिंगापुर रुटमा हाल सातामा सात उडान गरिरहेको सिंगापुर एयरलाइन्सले नेपालीको महान चाडपर्वहरु दशैं–तिहारलाई लक्षित गरी हप्तामा दुई दिन ठूलो आकारको ड्रिमलाइनर जहाजमार्फत् उडान गर्ने घोषणा गरेको छ । अक्टुवर र नोभेम्बर महिनामा हरेक सोमबार र बिहीबारको उडान ड्रिमलाइनरमार्फत् गर्न लागिएको सिंगापुर एयरलाइन्सले ...
: दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ। त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंमा मात्रै ३२ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका सहप्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका छन्। ४० जना सम्पर्कविहीन भएका छन्। देशभरिमा ४४ स्थानमा ...