मुख्य समाचार
‘वाम्पायर्स अफ विजयनगर’ मा आयुष्मानको जोडी रश्मिका
‘वाम्पायर्स अफ विजयनगर’ मा आयुष्मानको जोडी रश्मिका

। फिल्ममेकर दिनेश विजनको हरर युनिभर्सका फिल्मले बक्स अफिसमा एकपछि अर्को सफलता हासिल गरिरहेका छन् । सन् २०१८ मा श्रद्धा कपुर स्टार ‘स्त्री’ बाट सुरु भएको यो युनिभर्सको पछिल्लो फिल्म ‘मुन्ज्या’ हो भने ‘स्त्री २’ प्रदर्शन तयारीमा छ ।

अब यो हरर युनिभर्सले अब अर्को फिल्म ल्याउने तयारी गर्दैछ, जसमा आयुष्मान खुराना मुख्य भूमिकामा रहने तय भइसकेको छ । यसबारे नयाँ खबर छ, फिल्ममा ‘पुष्पा’ अभिनेत्री रश्मिका मन्दानाको ‘इन्ट्री’ हुने भएको छ । फिल्मको नाम ‘वाम्पायर्स अफ विजयनगर’ राखिएको छ ।


रणवीर कपुरका साथ ‘एनिमल’ मा जबर्जस्त भूमिका निभाएकी रश्मिकालाई प्रस्ताव आएका फिल्मको सूची लामै छ । उनले ठूला प्रोजेक्टहरु साइन गरिसकेकी छन् । भारतीय मिडिया पिंकभिल्लाका अनुसार ‘वाम्पायर्स अफ विजयनगर’ मा आयुष्मानको अपोजिटमा रश्मिका हुनेछिन् ।

यो फिल्म यसै वर्षको अन्त्यबाट छायांकनमा जाने जनाइएको छ । यो फिल्ममा आयुष्मान र रश्मिकाले पहिलोपटक स्क्रिन सेयर गर्दैछन् । यसअघि यो फिल्ममा साउथ अभिनेत्री सामन्था रुथ प्रभुले अभिनय गर्ने चर्चा थियो ।



रश्मिका अहिले साउथदेखि बलिउडसम्मै छाइरहेकी छन् । उनी अभिनित ‘पुष्पा २’ आगामी डिसेम्बरमा रिलिज हुने तयारीमा छ । साथै उनी सलमान खान स्टारर ‘सिकन्दर’ मा पनि देखिंदैछिन् भने धनुषसँग ‘कुबेरा’ मा पनि उनी हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ग्लोबल युट्युब स्टार मिस्टर बिस्ट (जिमी डोनाल्डसन)ले तीन बलिउड खान सुपरस्टारहरू शाहरुख, सलमान र आमिरलाई भेटेका छन् । उनले इन्स्टाग्राम स्टोरीमा यो फोटो पोस्ट गरेसँगै इन्टरनेटमा आँधी ल्याएको छ । बलिउडले पनि यो फोटोमाथि प्रतिक्रिया दिएको छ । मिस्टरबिस्टले इन्स्टाग्राम स्टोरीमा सेयर गरेको भाइरल तस्वीर अक्टोबर १६ मा साउदी अरेबियाको रियादमा भएको जोय फोरम २०२५ मा ...
। टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो । बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ ...
। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने भएको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने महाधिवेशन समारोहमा सहभागी हुन विभिन्न मुलुकमा रहेका पदाधिकारी काठमाठौंमा पुगेका छन् । नेपालमा देखिएको असहज परिस्थिति र अन्य कारणले गर्दा अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम यसअघि नै स्थगित ...
। ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ । फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ गरेको एनडीटीभीले जनाएको छ । फिल्मले पहिलो साता भारतमा मात्र ३७९ करोड भारु (४२ मिलियन अमेरिकी डलर र विदेशबाट ८ मिलियन डलर ...
: ६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइएको छ। मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले शिल्पासँग करिब पाँच घण्टा बयान लिएको भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन्। बयान उनकै घरमा लिएको प्रहरीले जनाएको छ। शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रलाई पनि सोही मुद्दामा आरोपित बनाइएको छ। उनको पनि दुईपटक बयान ...