मुख्य समाचार
अमेरिकाले युक्रेनलाई थप २.३ अर्ब डलर सैन्य सहयोग गर्ने
अमेरिकाले युक्रेनलाई थप २.३ अर्ब डलर सैन्य सहयोग गर्ने

संयुक्त राज्य अमेरिकाले चाँडै युक्रेनका लागि २.३ अर्ब डलर भन्दा बढी सैन्य सहयोगको घोषणा गर्ने अमेरिकी रक्षा सचिव लोयड अस्टिनले मङ्गलबार बताएका छन्।



'राष्ट्रपति ड्रडाउन प्राधिकरणअन्तर्गतको यो प्याकेजले नयाँ हवाई रक्षा इन्टरसेप्टर, एन्टी–ट्याङ्क हतियार र अमेरिकी इन्भेन्टरीबाट अन्य महत्वपूर्ण हतियारहरू प्रदान गर्नेछ,' अस्टिनले युक्रेनी रक्षामन्त्री रूस्टेम उमेरोभसँगको बैठकमा बताएका हुन्।

यस वर्षको सुरुमा युक्रेनमा लगभग ६१ अर्ब अमेरिकी डलर सहयोग स्वीकृत गर्ने कानुन काङ्ग्रेसले पारित गरेदेखि अमेरिकाले युक्रेनका लागि नियमित प्याकेजहरू घोषणा गर्दै आएको सिएनएनले जनाएको छ ।




अमेरिकाले हालै युक्रेनलाई हवाई रक्षा क्षमता प्राप्त गर्ने सूचीमा अन्य देशभन्दा शीर्ष स्थानमा राखेको छ ।

'यदि हाम्रा कुनै पनि साझेदार युक्रेनको अहिले जस्तो अवस्थामा थिए भने हामी उनीहरूलाई मद्दत गर्न हरसम्भव प्रयास गर्ने थियौ । अहिले युक्रेनलाई मद्दतको खाँचो छ,' ह्वाइट हाउसका एक अधिकारीले सिएनएनसँग भने।

यो घोषणा अमेरिका र युक्रेनले दीर्घकालीन द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको केही हप्तापछि आएको हो जसमा अमेरिकाले युक्रेनको सशस्त्र सेनालाई १० वर्षको प्रशिक्षण दिने, सैन्य सहयोग प्रदान गर्ने र गुप्तचर साझेदारी बढाउने प्रतिबद्धता जनाएको छ ।

अस्टिनले अमेरिकाले ‘युक्रेनका लागि नेटो सदस्यता प्राप्तिका लागि पुल निर्माण गर्न सहयोग गर्ने’ पनि बताए।

घोषणापछि उमेरोभले अस्टिनलाई उनको समर्थनका लागि धन्यवाद दिए। साथै युक्रेन भविष्यको नेटो सदस्य बन्ने सम्भावनाबारे छलफल गर्न इच्छुक रहेको बताए।

'आशा छ, युक्रेनले चाँडै नै यसको निमन्त्रण प्राप्त गर्नेछ,' नेटोबारे रक्षामन्त्री उमेरोभले भने। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि भारतले रुसबाट तेल किन्न जारी राखेमा भारी करको सामना गर्नुपर्ने बताएका छन्। ट्रम्पले भारतले रुसबाट तेल किन्न जारी राखेमा भारतले धेरै कर तिर्नुपर्ने बताएका हुन्। उनले भने,ʻमैले भारतका प्रधानमन्त्रीसँग कुरा गरेको छु। उनले रुसबाट तेल नकिन्ने बताएका छन्।ʼ ट्रम्पले भने,ʻमलाई थाहा छैन। तर यदि उनले यसो गर्न चाहन्छन् भने ...
। हमासले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै इजरायलले गाजामा हवाई आक्रमण गरेको छ । इजरायलले दक्षिणी गाजामा हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ । इजरायली सेनाका प्रवक्ताले हमासले एल्लो लाइन अर्थात् पहेंलो रेखा पारि इजरायली सेनामाथि आक्रमण गरेको आरोप लगाएका छन् । प्रवक्ताका अनुसार उक्त क्षेत्रबाट हालै इजरायली सेना पछि हटेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ...
: हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा कार्गो विमान धावनमार्गबाट ​​चिप्लिएर समुद्रमा खस्दा दुईजनाको मृत्यु भएको छ। स्थानीय मिडिया रिपोर्टका अनुसार मृत्यु हुने दुईजना ग्राउन्ड स्टाफ हुन्। विमान उनीहरूको गाडीसँग ठोक्किएपछि समुद्रमा खसेको हो। विमानमा रहेका चारजना चालक दलका सदस्यहरू भने बाँच्न सफल भएका छन् । उनीहरूलाई अस्पताल लगियो छ। सोमबार बिहान स्थानीय समय अनुसार ३:४० बजे दुर्घटना ...
: अमेरिकाले प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजामा सर्वसाधारणमाथि आक्रमणको योजना बनाइरहेको दावी गरेको छ। अमेरिकी विदेश मन्त्रालयले शनिबार हमासले गाजामा सर्वसाधारणमाथि आक्रमण गर्ने योजना बनाइरहेको संकेत गर्ने विश्वसनीय रिपोर्ट प्राप्त भएको बताएको छ। गाजामा फेरि आक्रमण भए युद्धविराम सम्झौताको गम्भीर उल्लङ्घन मात्रै नभइ मध्यस्ततामार्फत् अहिलेसम्म प्राप्त प्रगतिलाई कमजोर बनाउने मन्त्रालयको भनाइ छ। अमेरिकाले इजिप्ट, कतार र ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको विरोधमा अमेरिकाका धेरै शहरहरूमा विरोध प्रदर्शन सुरू भएको छ। राजधानी वाशिंगटन डीसी, न्यूयोर्क, शिकागो, मियामी र लस एन्जलसजस्ता शहरहरूमा प्रदर्शन सुरू भएको हो। शनिबार बिहान न्यूयोर्क शहरको प्रतिष्ठित टाइम्स स्क्वायरमा सुरू भएको र्‍यालीमा हजारौं मानिसहरू सामेल भएका थिए। सडक र सबवेहरू 'राजतन्त्र होइन लोकतन्त्र' र 'संविधान वैकल्पिक होइन' ...