मुख्य समाचार
जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण
जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण

जापानले सोमबार एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ । जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) का अनुसार ‘एच–थ्री नम्बर थ्री’ रकेट दक्षिणपश्चिमी जापानी टापुमा रहेको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट उडेको थियो र करिब १६ मिनेटपछि यसको ‘पे लोड’ लाई लक्षित कक्षमा राखिएको थियो ।



‘एडभान्स्ड ल्यान्ड अब्जर्भेसन स्याटेलाइट (एएलओएस–४) लाई मुख्यतया ज्वालामुखी र भूकम्पीय गतिविधि र अन्य भू–गतिविधिलगायत विपद् प्रतिकार्य र नक्सा निर्माणको लागि पृथ्वी अवलोकन र तथ्याङ्क सङ्कलनको जिम्मा दिइएको छ ।



यसले रक्षा मन्त्रालयले विकास गरेको इन्फ्रारेड सेन्सरको साथ मिसाइल प्रक्षेपणजस्ता सैन्य गतिविधिहरूको निगरानी गर्न पनि सक्षम छ ।

जाक्साका अध्यक्ष हिरोशी यामाकावाले सोमबारको सफल प्रक्षेपणलाई अन्तरिक्षमा जापानको पहुँच र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सुनिश्चित गर्ने दिशामा ‘पहिलो बृहत कदम’ भएको बताएका छन्।

जाक्साका एचथ्री प्रोजेक्ट म्यानेजर माकोटो अरिटाले यो मिसन लगभग पूर्ण रुपमा सफल भएको बताए।

एएलओएस–४ हालको एएलओएस–२ को उत्तराधिकारी हो र यसले धेरै व्यापक क्षेत्र अवलोकन गर्न सक्छ । जापानले तत्कालका लागि दुवै उडानलाई जारी राख्नेछ ।

फेब्रुअरी १७ मा सफल प्रक्षेपणपछि एच–३ प्रणालीको यो तेस्रो प्रक्षेपण थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा सम्झौतामा हस्ताक्षर भएको हो। जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ)बराबरको ऋण सहायता उपलब्ध गराएको हो। जाइकामार्फत् प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, ...
। सरकारले जापानमा प्राविधिक अभ्यासार्थी कामदार पठाउने निर्देशिका २०६६ खारेजीको तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त निर्देशिका खारेजीको तयारी गरेको हो । त्यस विषयमा अध्ययन गर्न मन्त्रालयका सहसचिव तथा प्रवक्ता पिताम्बर घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले दिएको सुझावका आधारमा अघि बढ्ने तयारी मन्त्रालयले गरेको हो । मन्त्रालयले २०६६ सालमा ...
: नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संसद् पुनर्स्थापना गरी संविधान संशोधनमार्फत ताजा जनादेशमा जानुपर्ने बताएका छन्। प्रेस चौतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संविधान बचाउन संसद् पुनर्स्थापना गर्नुपर्ने बताएका हुन्। जेनजी युवा पुस्ताको समेत माग सम्बोधन गर्ने र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद् पुनर्स्थापना हुनुपर्ने उनको भनाइ छ। उनले भाद्र ...
: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले उत्पादित विद्युत देशभित्रै खपत गर्न माग पक्ष सुधारलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन्। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औं वार्षिकोत्सवको अवसरमा मङ्गलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले विद्युत खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न चार्जिङ स्टेसनको स्थापना, इन्डक्सन चुलोको प्रयोगलगायतलाई प्रोत्साहन गरिएको उल्लेख गरे। अहिले मुख्य ...

जापानको चिबा प्रान्तस्थित फुनाबाशी सहरको एक होटलमा ५ तारिखका दिन नेपाली विद्यार्थी २१ बर्षीय बादल छन्त्यालको हत्या आरोपमा प्रहरीले एक जापानी महिलालाई पक्राउ गरेको छ।


३२ बर्षीय आसाका मायु नाम गरेको महिला लाइ पक्राउ गरि अनुसन्धानको क्रममा, “मैले मेरो प्रेमीसँगै मर्न चाहें, त्यसैले चक्कु चोरी गरेँ” भन्ने बयान दिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।


उनले उक्त ...