मुख्य समाचार
ब्याङ्कसको सेभ अफ दी सेन्चुरीसँग टर्किस गोलकिपर गुनोकको तुलना
ब्याङ्कसको सेभ अफ दी सेन्चुरीसँग टर्किस गोलकिपर गुनोकको तुलना

। टर्कीका गोलकिर मर्ट गुनोकले अष्ट्रियाविरुद्ध सानदार बचाउ गरे । गुनोकको अन्तिम समयको उक्त बचाउने टर्की अष्ट्रियालाई २-१ ले पराजित गर्दै युरव २०२४ को क्वाटरफाइनलमा पुगेको छ ।

अहिले गुनोकको त्यही बचाउ इंग्लयाण्डका गोलकिपर गोर्डन ब्याङ्क्सले सन् १९७० को विश्वकपमा बचाएको पेलेको प्रहारसँग तुलना हुन थालेको छ ।

ब्याङ्कसको उक्त बचाउलाई सेभ अफ दि सेन्चुरी मानिन्छ ।

लाइपजिगमा भएको प्रिक्वाटरफाइनलमा अष्ट्रियाका क्रिस्टोफ बाउमगार्टनरको हेडरलाई गुनोकले उत्कृष्ट रुपमा बचाउ गरे ।

अन्तिम १६ को खेलमा महत्वपूर्ण समयमा गुनोकले उक्त बचाउ गरेका थिए । अष्ट्रियाले अन्तिम समयमा खेल बराबरी गर्ने प्रयासमा गुनोक नै बाधक बने ।

‘हामीसँग आवश्यक भाग्य भएन र मलाई विश्वास थियो कि यदी खेल अतिरिक्त सममया गएको भए हामी जित्ने थियौं,’ पराजित अष्ट्रियाका प्रशिक्षक राल्फ रान्गनिकले भने, ‘हामीसँग बराबरी गोल गर्ने समय थियो । तर उनीहरुसँग गोलकिपिङमा गोर्डन ब्याङ्क्स भएपछि यो कठिन भयो ।’

गुनोकको बचाउलाई धेरैले उत्कृष्ट भनेका छन् । ‘यो गोर्डन ब्याङ्क्स हो । अविश्वसनिय क्षण । किपर पोष्टको वरिपरि घुम्छ । यो उत्कृष्ट बचाउ हो,’ इंग्ल्याण्डका पूर्वडिफेण्डर म्याथ्यु अप्सनले बीबीसी रेडियो फाइभ लाइभलाई भने ।

‘यो फस्ट क्लास थियो । यो गोर्डन ब्याङ्क्सको रेप्लिका जस्तै हो,’ ली डिक्सनले आईटिभीमा भने ।

‘गुनोकको बचाउ युरो इतिहासको उत्कृष्ट सेभमध्ये एक हो,’ क्रिस सट्टनले आफ्नो धारणा सुनाए ।

बाउमगार्टनरलाई लाग्यो बल गोल भयो

यसपटक युरोमा अन्तिम समयमा नाटकीय रुपमा गोल भइरहेका छन् । आइतबार इंग्लयाण्डका जुड बेलिङघहमले स्लोभाकियाविरुद्ध अन्तिम समयमा गोल गरेका थिए । तर, गुनोकको बचाउ खेल सेभ अफ दि म्याच थियो ।

टर्कीले २-१ को अग्रता लिइरहेको थियो र अन्तिम समयमा दबाबमा थियो । ९४औं मिनेटमा अष्ट्रियाले अन्तिम अट्याक गर्‍यो ।

टर्कीको डिफेन्स थपिक थियो । अष्ट्रियाका बाउमगार्टनरले हेड गरे । उनको हेडर तलतिर गइरहेको थियो । बल भिजेको मैदानबाट उल्टो कुनातिर लागे जस्तो देखिएको थियो । तर ३५ वर्षीय गोलकिपर गुनोकले यसलाई बचाउ गर्दै बल बाहिर पठाए ।

‘उनले कसरी बचाए त्यो अविश्वसनीय छ,’ सटनले थपे, ‘जसले यसलाई शब्दबाट वर्णन गर्न सकिरहेका थिएनन् ।

‘मैले देखेको मध्ये योभन्दा राम्रो खेल बारे सोच्न सक्दिन,’ अपसनले भने अघि भनेका छन्, ‘नाटक, प्रतिबद्धता । वाह, कस्तो खेल । बाउमगार्टनरले सोचे कि त्यो बल नेटको पछाडि पुगेको थियो । उनले सबै ठिकै गरेका थिए ।’

चिल्लो सतहमा बाउमगार्टनरले सक्ने प्रयास गरेका थिए । तर त्यहाँ गोर्डन ब्याङ्क्स थिए र त्यसमा टर्की समर्थकहरु पागल जस्तै बनेका थिए ।

काम नै बचाउने हो

टर्कीका डिफेण्डर मेरिह डेमिरलले अष्ट्रियाविरुद्ध दुई गोल गरे । उनले युरोकै इतिहासमा नकआउट चरणमा सबैभन्दा छिटो गोल गर्ने कीर्तिमान समेत बनाए ।

खेलमा प्लेअर अफ दि म्याच बनेका डेमिरलले पनि गुनोकको प्रशंसा गरे ।

‘मर्टले धेरै राम्रो काम गरे । अन्तिम ह्विसिलपछि हामीले धेरै छलफल गर्‍यौं । मैले विश्वास गर्न सकिरहेको थिइनँ । सम्भवत मेरै आँखा अगाडि मैले देखेको यो उत्कृष्ट सेभ हो,’ डेमिरलले भने, ‘उनी यसको लायक छन् । मर्ट टिमको पाका खेलाडी हुन् । र उनले सधैं हामीलाई गाइड गरिरहेका छन् । उनले त्यो सेभ गरेकोमा म धेरै खुशी छु ।’

टर्कीका प्रशिक्षक भिनसेनजो मोन्टेलाले भने गुनोकको बचाउने त्यति धेरै भावुक बनेनन् । तर उनले गुनोकको बचाउ आफ्नो टिमको हकमा भने महत्वपूर्ण भएको बताए । ‘मलाई थाहा छैन । किनकि यस्ता धेरै उत्कृष्ट सेभहरु भएका छन्,’ गुनोकको बचाउ अहिलेसम्मको उत्कृष्ट हो भन्ने प्रश्नमा उनले भने ।

‘म उनको लागि खुशी छु । टिमको लागि खुशी छु । राष्ट्रका लागि खुशी छु । र हामीले जे गर्‍यौं त्यो गर्ने समूहप्रति खुशी छु,’ मोन्टेलाले भने, ‘बधाई छ मर्ट । बचाउ गर्ने त्यो उनको काम हो । अन्तिम मिनेटमा उनले खेल जिताउने बचाउ गर्दा हामी धेरै खुशी छौं ।’

अब टर्कीले क्वाटरफाइनलमा नेदरल्याण्ड्ससँग शनिबार बर्लिनमा खेल्दैछ र मोन्टेलाले समर्थकको साथबाट जस्तो नतिजा पनि आउन सक्ने बताए । ‘हाम्रो ठूलो फ्यान फलोइङ छ । त्यसमा जोश र माया छ,’ उनले भने ।

यसबाट टर्कीका समर्थकहरू घरमा पनि धेरै उत्साहित भएको मोन्टेलाले बताए ।

बीबीसी स्पोर्ट्सका पाठकहरुले गुनोकको बचाउनलाई आफूले देखेको मध्ये उत्कृष्ट भएको भन्दै ट्वीट गर्ने र सन्देश पठाउने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...