मुख्य समाचार
चीनले बनायो मस्तिष्क भएको एआई रोबोट, मानिसकै अस्तित्व संकटमा पर्ने जोखिम
चीनले बनायो मस्तिष्क भएको एआई रोबोट, मानिसकै अस्तित्व संकटमा पर्ने जोखिम

आर्टिफिसियल इन्टेलिजेन्स रोबोटलाई लिएर पहिलेदेखि नै विज्ञहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । तर, त्यसभन्दा पनि अगाडि बढ्दै चीनले एउटा यस्तो रोबोट बनाएको छ जुन मानिसका लागि निकै नै खतरनाक सावित हुनसक्छ ।

चीनले विश्वकै पहिलो यस्तो रोबोट तयार गरेको छ जसमा मानिसको जस्तै दिमाग छ । अर्थात् उक्त रोबोटले मानिसले जस्तै सोंचविचार गर्न सक्दछ। यो रोबोट मानव मस्तिष्क कोषिकाबाट नियन्त्रण हुने पहिलो एआई रोबोट हो । यसलाई बायो कम्प्युटेसनको क्षेत्रमा ब्रेकथ्रू मानिएको छ।


वास्तवमा एआईले मानव बुद्धिको स्तरसँग मेल खाँदैन । त्यसैले वैज्ञानिकहरुले मानव मस्तिष्क नै एआईलाई दिएका छन् ।

चीनको तियानजिन विश्वविद्यालयका शोधकर्ताहरुले एउटा ह्युमनाइड रोबोटको विकास गरेका छन् जसले मानव मस्तिष्क कोषिकाहरुको प्रयोग गरेर काम गर्दछ ।



यो रोबोटले हाइब्रिड मानव रोबोट इन्टेलिजेन्सको विकास गर्नसक्ने साउथ चाइना मर्निङ पोष्टले बताएको छ ।

प्रथम दृष्टिमै यो अवधारणा सिधा रुपमा कुनै साइन्स फिक्सन फिल्म जस्तै लाग्नसक्छ। तर, शोधकर्ताहरुका अनुसार मानव मस्तिष्क कोषिकायुक्त यो ह्युमानोइड हाइब्रिड मानव रोबोटले बुद्धिमत्ताको मार्ग प्रसस्त गर्न सक्दछ।

न्यू एटलसका अनुसार यो नयाँ रोबोटलाई ब्रेन अन चिप अर्थात् चिपमा जडित मस्तिष्कको रुपमा परिभाषित गरिएको छ जसले स्टेम कोषिकाहरुको प्रयोग गर्दछ, जुन मूलरुपमा मानव मस्तिष्क कोशिकाहरुमा विकसित हुन्छन्।

ती कोषिकाहरुलाई एउटा इलेक्ट्रोडको माध्यमबाट एउटा कम्प्युटर चिपसँग एकीकृत गरिएको छ, जसबाट उक्त रोबोट सूचनाहरुलाई प्रोसेस गर्न र अन्य विभिन्न कार्यहरु गर्नमा सक्षम बनेको छ ।

उक्त सेटअपले रोबोटलाई जानकारीहरु एनकोड र डिकोड गर्ने अनुमति दिन्छ । यसबाट विभिन्न बाधाहरुको आसपास नेभिगेट गर्नेदेखि वस्तुहरुलाई समाउने सम्मका गतिविधिहरु गर्न रोबोट सक्षम भयो ।

विज्ञहरुले भने यो रोबोट मानवजातिका लागि समस्या बन्नसक्ने चिन्ता व्यक्त गरेका छन् । यसले मानिसका काममा दखल पुर्‍याउन सक्दछ । साथै यसले मानिसका कामलाई प्रभावित गर्नुका साथै भविष्यमा कुनैबेला बेलगाम पनि हुनसक्छ ।

गलत जानकारीहरू प्राप्त भएको स्थितिमा यो रोबोटले गलत हर्कत गर्नुका साथै गलत निर्णयहरु पनि गर्न सक्दछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी सिनेटमा सटडाउन अन्त्य गर्ने पक्षमा ६० मत र विपक्षमा ४० मत परेको छ । डेमोक्रेटिक पार्टीका आठ सांसद्ले सरकार र रिपब्लिकन पार्टीका नेतालाई सटडाउन खोल्न दिने समझदारी गरेको केही समयपछि सिनेटमा मतदान भएको हो । यसलाई लामो समयदेखिको सटडाउन अन्त्य हुने दिशाको पहिलो कदमका रुपमा लिइएको छ । सटडाउन तत्कालै अन्त्य गर्ने र ...
अमेरिकामा तीव्र गतिमा गुडिरहेको कार बारमा ठोक्कियो, ४ जनाको मृत्यु
: अफगानिस्तानको तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ। इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगानिस्तानमाथि सार्ने प्रयास गरेको आरोप लगाएको छ। अफगान तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,'इस्लामिक इमिरेट्सको असल नियत र मध्यस्थकर्ताहरूको सबै प्रयासका बाबजुद पनि पाकिस्तानी प्रतिनिधिमण्डलको गैरजिम्मेवार व्यवहारका कारण वार्ता कुनै ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा आयोजना हुने जी–२० शिखर सम्मेलनमा अमेरिकाले भाग नलिने बताएका छन्। ट्रम्पको निर्णय दक्षिण अफ्रिकामा गोरा मानिसमाथि दमन भइरहेको दाबीबाट उत्पन्न भएको हो। तर यी दाबीलाई व्यापक रूपमा झूटा र आधारहीन मानिएको छ। अमेरिकी राष्ट्रपतिले यो बैठक दक्षिण अफ्रिकामा आयोजना हुनु एकदमै लज्जास्पद भएको बताए। यस महिनाको अन्त्यमा जोहानेसबर्गमा जी–२० ...
। अमेरिकामा जारी सरकारी बन्द (शटडाउन) का कारण हवाई सेवा व्यापक रूपमा अवरुद्ध भएको छ । सङ्घीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात घटाउने आदेश दिएका कारण शनिबार साँझसम्म मात्र अमेरिकी एयरलाइन्सहरूले सप्ताहन्तभर दुई हजार ५०० भन्दा बढी उडान रद्द गरेका छन् । सरकारी बन्द कहिले अन्त्य हुने कुनै सङ्केत नदेखिएपछि देशका प्रमुख विमानस्थलहरूमा यात्रुहरू अलमलमा परेका ...