मुख्य समाचार
विद्यार्थीको संख्या कटौतीले अस्ट्रेलियाको अर्थतन्त्रमा नोक्सान पुर्‍याउने चेतावनी
विद्यार्थीको संख्या कटौतीले अस्ट्रेलियाको अर्थतन्त्रमा नोक्सान पुर्‍याउने चेतावनी

। अष्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक समूहले विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने सरकारको योजनाले अर्थतन्त्रलाई क्षति पुर्‍याउने चेतावनी दिएको छ ।

अष्ट्रेलियाका एक सयभन्दा बढी ठूला निगमका प्रमुख कार्यकारी समावेश बिजनेस काउन्सिल अफ अष्ट्रेलिया (बिसिए) ले बुधबार अष्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थीको प्रवेश कटौतीले देशको आवास आपूर्तिको अभाव समाधान नगरी अर्थतन्त्रलाई नोक्सान पुर्‍याउने जनाएको छ ।




सत्तारुढ लेबर पार्टीले मे महिनामा अष्ट्रेलियाको उच्च आप्रवासीहरूको प्रवेश कटौती गर्ने व्यापक रणनीतिको एक हिस्साको रूपमा विश्वविद्यालयहरूमा भर्ना गर्न अनुमति दिइएको नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीको सङख्या सीमित गर्ने योजना प्रकट गरेको थियो ।

सरकारलाई प्रस्ताव पेस गर्दै बिसीएले अन्तर्राष्ट्रिय शिक्षा प्रदायकको रूपमा अष्ट्रेलियाको प्रतिष्ठा र उच्च शिक्षा क्षेत्रको समग्र गुणस्तरलाई क्षति पुर्‍याउन सक्ने जनाएको छ ।



अर्थतन्त्र ठप्प हुँदै गइरहेको उल्लेख गर्दै सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गरेर गलत छोटो अवधिको निर्णय लिन लागेकोमा उनीहरूले चिन्ता ब्यक्त गरेका छन् । यसले अर्थव्यवस्थामा दीर्घकालीन नकारात्मक असर पारी सबै अष्ट्रेलियालीहरू प्रवावित हुने बिसिएका प्रमुख कार्यकारी ब्रान ब्ल्याकले बुधबार विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सरकारी तथ्याङ्क अनुसार सन् २०२३ मा अष्ट्रेलियाको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय शिक्षाको मूल्य ४७.८ अर्ब अस्ट्रेलियाली डलर थियो । यसले अष्ट्रेलियाको फलाम, कोइला र प्राकृतिक ग्यास पछिको चौथो ठूलो हिस्सा धानेको छ ।

सरकारले सोमबारको घोषणामा अष्ट्रेलियामा अध्ययन गर्न आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि भिसा आवेदन शुल्क ७१० अष्ट्रेलियाली डलरबाट एक हजार ६०० अष्ट्रेलियाली डलर वा दोब्बर भन्दा बढी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी सिनेटमा सटडाउन अन्त्य गर्ने पक्षमा ६० मत र विपक्षमा ४० मत परेको छ । डेमोक्रेटिक पार्टीका आठ सांसद्ले सरकार र रिपब्लिकन पार्टीका नेतालाई सटडाउन खोल्न दिने समझदारी गरेको केही समयपछि सिनेटमा मतदान भएको हो । यसलाई लामो समयदेखिको सटडाउन अन्त्य हुने दिशाको पहिलो कदमका रुपमा लिइएको छ । सटडाउन तत्कालै अन्त्य गर्ने र ...
अमेरिकामा तीव्र गतिमा गुडिरहेको कार बारमा ठोक्कियो, ४ जनाको मृत्यु
: अफगानिस्तानको तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ। इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगानिस्तानमाथि सार्ने प्रयास गरेको आरोप लगाएको छ। अफगान तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,'इस्लामिक इमिरेट्सको असल नियत र मध्यस्थकर्ताहरूको सबै प्रयासका बाबजुद पनि पाकिस्तानी प्रतिनिधिमण्डलको गैरजिम्मेवार व्यवहारका कारण वार्ता कुनै ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा आयोजना हुने जी–२० शिखर सम्मेलनमा अमेरिकाले भाग नलिने बताएका छन्। ट्रम्पको निर्णय दक्षिण अफ्रिकामा गोरा मानिसमाथि दमन भइरहेको दाबीबाट उत्पन्न भएको हो। तर यी दाबीलाई व्यापक रूपमा झूटा र आधारहीन मानिएको छ। अमेरिकी राष्ट्रपतिले यो बैठक दक्षिण अफ्रिकामा आयोजना हुनु एकदमै लज्जास्पद भएको बताए। यस महिनाको अन्त्यमा जोहानेसबर्गमा जी–२० ...
। अमेरिकामा जारी सरकारी बन्द (शटडाउन) का कारण हवाई सेवा व्यापक रूपमा अवरुद्ध भएको छ । सङ्घीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात घटाउने आदेश दिएका कारण शनिबार साँझसम्म मात्र अमेरिकी एयरलाइन्सहरूले सप्ताहन्तभर दुई हजार ५०० भन्दा बढी उडान रद्द गरेका छन् । सरकारी बन्द कहिले अन्त्य हुने कुनै सङ्केत नदेखिएपछि देशका प्रमुख विमानस्थलहरूमा यात्रुहरू अलमलमा परेका ...