मुख्य समाचार
युरो कपमा हेभिवेट क्वाटरफाइनल : आज जर्मनी र स्पेन तथा पोर्चुगल र फ्रान्स भिड्दै
युरो कपमा हेभिवेट क्वाटरफाइनल : आज जर्मनी र स्पेन तथा पोर्चुगल र फ्रान्स भिड्दै

। युरो २०२४ मा आजदेखि सुरु हुने क्वाटरफाइनलका खेलमा उपाधि दाबेदार टोलीहरुबीच प्रतिस्पर्धा हुँदैछ ।

पहिलो क्वाटरफाइनलमा आयोजक जर्मनीले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो क्वाटरफाइनल खेल पोर्चुगल र फ्रान्सबीच हुनेछ ।

स्पेन र जर्मनी बीचको खेल राति ९:४५ बजे तथा पोर्चुगल र फ्रान्सबीचको खेल मध्यराति १२:४५ बजे सुरु हुनेछ ।

चारै टोली पूर्व च्याम्पियन हुन् । आजको खेलपछि दुई दाबेदार टोली बाहिरिने छन् । त्यसैले पनि क्वाटरफाइनलका खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।

स्पेन र जर्मनी युरोको सर्वाधिक सफल टोली हुन् । दुवैले समान ३ पटक युरो जितेका छन् ।

जर्मनीले प्रिक्वाटरफाइनलमा डेनमार्कलाई पराजित गरेको थियो । यस्तै स्पेनले जर्यालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

यस पटक स्पेन र जर्मनी दुवै टोली लयमा देखिएका छन् । दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छन् । तर एक टोलीको मात्र लक्ष्य पूरा हुनेछ ।

युवा खेलाडीहरुमा नजर

स्पेनले सन् २००० यता दुई पटक युरो जितिसकेको छ । २००८ र २०१२ मा स्पेनले युरो जितेको थियो । स्पेनले १९६४ मा पहिलो पटक युरो जितेको थियो ।

जर्मनीले युरो जित्न नसकेको २८ वर्ष भइसकेको छ । सन् १९७२ मा पहिलो पटक युरो जितेको जर्मनीले त्यसपछि १९८० र पछिल्लो पटक १९९६ मा उपाधि जितेको थियो ।

स्पेन र जर्मनी भिड्दा दुवै टिमका युवा खेलाडीहरुमा नजर हुनेछ । स्पेनका फरवार्ड लामिन यामल र निको विलियम्स तथा जर्मनीका जमाल मुसिएलाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।



यस्तै दोस्रो क्वाटरफाइनलमा पोर्चुगल र फ्रान्सबीच खेल हुनेछ । यो खेल पनि दुई पूर्व विजेता बीचको प्रतिस्पर्धा हुनेछ । फ्रान्सले सन् १९८४ र २००० मा उपाधि जितेको थियो । पोर्चुगलले भने सन् २०१६ मा फ्रान्समै भएको युरोमा फ्रान्सलाई हराएर पहिलो पटक उपाधि जितेको थियो ।

यस पटक फ्रान्सले सोचे अनुसारको प्रदर्शन गर्न सकेको छैन । यस्तै पोर्चुगलले पनि औसत प्रदर्शन गरिरहेको छ ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सम्भवत आफ्नो अन्तिम युरो खेलिरहेका छन् । युरोमा सर्वाधिक खेल खेल्ने र गोल गर्ने कीर्तिमान बनाएका रोनाल्डोले यस पटक भने अपेक्षा अनुसार खेल्न सकेका छैनन् ।

उता फ्रान्सका कप्तान केलिएन एमबाप्पेको प्रदर्शन पनि अपेक्षा अनुसार हुन सकेको छैन । दुवै टोलीमा राम्रा खेलाडी भए पनि मैदानमा त्यो प्रदर्शन देखिएको छैन ।

फ्रान्स र पोर्चुगल दुवैले अन्तिम १६ को खेलमा भाग्यमानी बन्दै जित निकालेका थिए । फ्रान्सले खेलको अन्त्यतिर आत्मघाती गोल मद्दतमा बेल्जियमलाई १-० ले पराजित गरेको थियो ।

यस्तै पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गरेको थियो, जहाँ पोर्चुगलका डिएगो कोस्टाले तीन पेनाल्टी बचाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...