मुख्य समाचार
ब्राजिलियन लेजेन्ड मार्टाले छैटौं पटक ओलम्पिक खेल्ने
ब्राजिलियन लेजेन्ड मार्टाले छैटौं पटक ओलम्पिक खेल्ने

। ब्राजिलियन लेजेन्ड फुटबलर मार्टाले छैटौंपटक ओलम्पिक खेल्ने भएकी छन् ।

यही जुलाई-अगष्टमा फ्रान्समा हुने पेरिस ओलम्पिकका लागि उनी ब्राजिलियन टोलीमा छनोट भएकी छन् ।

ब्राजिलका लागि सर्वाधिक गोलकर्ता ३८ वर्षिया मार्टाले गत अप्रिलमा यही वर्ष अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने योजना रहेको बताएकी थिइन् ।

ब्राजिलकी प्रशिक्षक आर्थर एलिएसले मार्टाले सर्वकालिन महान खेलाडी भएको बताए । ‘उनले राम्रो खेलिरहेकी छन रउनी टिममा रहन लायक पनि छिन्,’ एलिसले भने । एलिसले मार्टाको क्षमतालाई राम्रोसँग प्रयोग गर्नु आफ्ना लागि चुनौती रहेको बताइन् ।

मार्टाले ६ पटक विश्वकप खेलिसकेकी छन् । उनले २०२३ मा अष्ट्रेलिया र न्युजिल्यान्डमा भएको विश्वकप खेलेकी थिइन् । जहाँ ब्राजिल नकआउट चरणमा पुग्न असफल भएको थियो ।

मार्टाले २००४ एथेन्ज ओलम्पिक र २००८ मा बेइजिङ ओलम्पिकमा रजत पदक जितेकी थिइन् । दुवै पटक आराजिल अमेरिकासँग पराजित भएको थियो ।

मार्टा विश्वकपको सर्वाधिक गोलकर्ता समेत हुन् । उनले ६ विश्वकप खेल्दा २३ खेलमा १७ गोल गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...