मुख्य समाचार
ब्राजिल र उरुग्वे कोपा अमेरिकाको क्वाटरफाइनलमै भिड्ने, यस्तो छ अन्तिम ८ को समीकरण
ब्राजिल र उरुग्वे कोपा अमेरिकाको क्वाटरफाइनलमै भिड्ने, यस्तो छ अन्तिम ८ को समीकरण

। अमेरिकामा भइरहेको कोपा अमेरिका २०२४ को क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

बुधबार बिहान भएको समूह डी को अन्तिम दुई खेलपछि क्वाटरफाइनल पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो ।

समूह डी को अन्तिम खेलमा कोलम्बिया र ब्राजिल १-१ को बराबरी खेल्दै क्वाटरफाइनल पुगेका हुन् । कोलम्बया समूह डी को विजेता तथा ब्राजिल समूह डी को उपविजेताको हैसियतमा क्वाटरफाइनमा स्थान पक्का गरेका हुन् ।

समूह ए बाट साविक विजेता अर्जेन्टिना र क्यानडा, समूह बी बाट भेनेजुएला र इक्वेडर, समूह सी बाट उरुग्वे र पानामा तथा समूह डी बाट कोलम्बिया र ब्राजिलले अन्तिम ८ मा स्थान बनाएका हुन् ।

समूह विजेता बनेका अर्जेन्टिना, भेनेजुएला र उरुग्वेले सबै तीन खेल जितेर शतप्रतिशत नतिजा निकाले ।

उरुग्वे र ब्राजिल क्वाटरमै भिड्ने

उपाधिका दुई दाबेदार टोलीहरू ब्राजिल र उरुग्वे क्वाटरफाइनलमै भिड्ने भएका छन् । उरुग्वे अर्जेन्टिनासँगै संयुक्त रुपमा सर्वाधिक १५ पटकको उपाधि विजेता हो भने ब्राजिलले ९ पटक कोपा जितेको छ ।

उरुग्वे यस संस्करण उत्कृष्ट लयमा छ र समूह सी को विजेता बनेको थियो । ब्राजिलले भने औसत प्रदर्शन गरिरहेको छ । जसले गर्दा ब्राजिल कोलम्बिया भन्दा पछि रहँदै आफ्नो समूहमा दोस्रो भयो ।

उरुग्वे र ब्राजिल बीचको अन्तिम क्वाटरफाइनल खेलको विजेताले कोलम्बिया र पानामाबीच हुने तेस्रो क्वाटरफाइनल खेलको विजेतासँग सेमिफाइनल खेल्नेछ ।

यस्तै पहिलो क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिनाले इक्वेडसरसँग खेल्नेछ भने भेनेजुएला र पहिलो पटक कोपा खेलिरहेको क्यानडाबीच दोस्रो सेमिफाइनल हुनेछ ।

क्वाटरफाइनल खेल तालिका

जुलाई ५

अर्जेन्टिना भर्सेस इक्वेडर, बिहान ६:४५ बजे

जुलाई ६

भेनेजुएला भर्सेस क्यानडा, बिहान ६:४५ बजे

जुलाई ७

कोलम्बिया भर्सेस पानामा, बिहान ३:४५ बजे

जुलाई ७

उरुग्वे भर्सेस ब्राजिल बिहान ६:४५ बजे

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...