। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा डिजिटल स्कोर बोर्डको फाउन्डेसनको काम सकिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पूर्वाधार शाखाका अनुसार पञ्चकन्या/हिमालय जेभी प्रालिले गरिरहेको पहिलो चरणको फाउन्डेसनको काम सकिएको हो ।
एक महिना अघि युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले टेन्डर पास भइसकेको काम रोकिन नहुने भन्दै तत्काल सुरु गर्न निर्देशन दिएका थिए ।
त्रिवि मैदानको फ्लड लाइटको बोलपत्र आह्वानमा ५ वटा कम्पनीले टेन्डर हालेका छन् । जसलाई राखेपको प्राविधिक टिमले जाँच गरिरहेको छ ।