मुख्य समाचार
समूह चरणको सफलतालाई छाडेर अघि बढ्नुपर्छ : भेनेजुएलाका प्रशिक्षक बाटिस्टा
समूह चरणको सफलतालाई छाडेर अघि बढ्नुपर्छ : भेनेजुएलाका प्रशिक्षक बाटिस्टा

। भेनेजुएलाका प्रशिक्षक फर्नान्डो बाटिस्टाले कोपा अमेरिका २०२४ को क्वाटरफाइनल पुगेपछि समूह चरणको जितलाई छाडेर अघि बढ्नुपर्ने बताएका छन् ।

पाँच वर्षमा पहिलो पटक क्वाटरफाइनल पुगेको भेनेजुएलाका लागि क्वाटरफाइनलमा क्यानडासँग खेल्दा नयाँ प्रतियोगिताको सुरुवात हुने उनले बताए ।

समूह बी मा रहेका भेनेजुएलाले तीनवटै खेल जित्दै समूह विजेताको रुपमा अन्तिम आठमा स्थान बनाएको थियो । सन् १९६७ मा कोपामा डेब्यु गरेयता भेनेजुएलाले पहिलो पटक समूहको तीनवटै खेल जितेको हो ।

जारी कोपामा ६ गोल गरेको भेनेजुएला धेरै गोल गर्नेमा दोस्रोमा छ । सन् २०११ को कोपा अमेरिकामा चौथो भएको भेनेजुएला त्यही सफलता दोहोर्‍याउने लक्ष्यमा छ ।

प्रशिक्षक बाटिस्टाले आफ्नो खेलाडीहरुलाई क्यानडाविरुद्ध खेल्दा पूर्णरुपमा मैदानमा केन्द्रित हुन भनेका छन् ।

‘हामीले पहिलो चरणमा जे अनुभव लियौँ त्यो एकदमै राम्रो थियो । तर अब त्यो कसिएको छ । अहिलेसम्म हामीले केही हासिल गरेका छैनौँ ।’ बाटिस्टाले बिहीबार प्रेस कन्फेरेन्समा भने ‘हामी विकसित हुँदै गरेको टिम हौँ र अर्को फाइनल खेल भोलि छ ।’

प्रशिक्षक बाटिस्टाले अझै धेरै अघि जानु रहेको बताए । ‘अझै लामो यात्रा तय गर्न बाँकी छ र जे सिकायो त्यो सकियो । अब नयाँ प्रतियोगिता सुरु हुन्छ किनकि तपाईं अगाडिको नतिजा वा बराबरीमा भर पर्न सक्नुहुन्न ।’

अर्जेन्टिनामा जन्मिएका बाटिस्टाले विश्वकप क्वालिफायरको दक्षिण अमेरिकी छनोटमा भेनुजएलालाई हाल चौथो स्थानमा पुर्‍याएका छन् ।

उनले क्वाटरफाइनलमा सम्भावित पेनाल्टी सुटआउट टार्नुपर्ने बताएका छन् । किनकि क्यानडा सजिलो प्रतिद्वन्दी नभएको उनको भनाइ छ । ‘डिफेन्समा क्यानडा बलियो छ र अग्रेसिभ छ । मिडफिल्डमा बलियो छ’ ५३ वर्षीय बाटिस्टाले भने ‘हाम्रो लक्ष्य भनेको खेल ९० वा ९५ मिनेटभित्रै जित्ने हो । निश्चित रुपमा हामीले पेनाल्टीको अभ्यास गरेका छौँ तर यो हाम्रो उद्देश्य होइन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...