मुख्य समाचार
३६ वर्षपछि मुख्य प्रतियोगितामा स्पेनलाई हराउने लक्ष्यमा जर्मनी
३६ वर्षपछि मुख्य प्रतियोगितामा स्पेनलाई हराउने लक्ष्यमा जर्मनी

। जर्मनी र स्पेनले सर्वाधिक ३-३ पटक युरो उपाधि जितेका छन् । दुवै टोली यस पटक च्याम्पियन बन्दै उपाधि संख्या थपेर सर्वाधिक सफल टोली बन्ने योजनामा थिए ।

दुवै टोली उपाधिको दाबेदारका रुपमा छन् । तर यी दुई टोली क्वाटरफाइनलमै भिड्ने अवस्था आएपछि एक टोलीको यात्रा चाँडै सकिने भएको छ ।

रमाइलो के छ भने जर्मनीले मुख्य प्रतियोगितामा स्पेनलाई हराउन नसकेको ३६ वर्ष भइसक्यो । सन् १९८८ को युरोमा जर्मनीले पछिल्लो पटक स्पेनलाई हराएको थियो ।

त्यसयता विश्वकप र युरो कपमा जर्मनीले स्पेनलाई हराउन सकेको छैन । २००८ को युरो फाइनल र २०१० को विश्वकप फाइनलमा स्पेनले जर्मनीलाई पराजित गरेको थियो ।

यस्तै २०२२ को फिफा विश्वकपमा समूह चरणमा यी दुई टोलीले बराबरी खेलेका थिए । २०२० को यूईएफए नेसन्स लिगमा पनि स्पेनले जर्मनीलाई ६-० ले पराजित गरेको थियो ।

पछिल्लो ८ वर्षमा जर्मनी पहिलो पटक लयमा देखिएको छ र समर्थकको चाहना पनि घरेलु मैदानमा जर्मनीले उपाधि जितेको हेर्नेछ ।

स्पेनको टोली पनि यस पटक लयमा छ । त्यसैले क्वाटरफाइलको हेभिवेट भिडन्त, ब्लकबस्टर म्याच बन्नेछ ।

स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले प्रतियोगितामै आफ्नो टोली उत्कृष्ट रहेको भन्दै त्यहीअनुसार प्रदर्शन गर्ने बताए ।

यस्तै जर्मनीका कप्तान इल्के गुन्डोगानले आफूहरु स्पेनविरुद्ध खुलेर खेल्नुपर्ने र टिममा क्षमता भएको बताएका छन् ।

जारी युरोमा जर्मनीले १० गोल गर्दा स्पेनले ९ गोल गरेको छ। जर्मनीका जमालय मुसिएलाले ३ गोल गर्दै सर्वाधिक गोलकर्तामा अघि छन् । स्पेनका लागि फमबियन रुइजले २ गोल गरेका छन् । तर युवा फरवार्डदव्य लामिन यामल र निको विलियम्स लयमा छन् ।

स्पेन र जर्मनी दुवैले अन्तिम १६ मा सहज जित निकालेका थिए । जर्मनीले डेनमार्कलाई २-० ले तथा स्पेनले जर्जियालाई ४-१ ले पराजित गरेको थियो ।

यी दुई टोलीबीच अहिलेसम्म २६ खेल हुँदा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । ९ खेल बराबरीमा सकिएको छ ।

यी दुई टोलीबीचको खेल राति नेपाली समयअनुसार ९:४५ बजे स्टुटगार्डमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...