मुख्य समाचार
क्यानले केन्द्रीय उपाध्यक्षसहित चार जनालाई सोध्यो स्पष्टीकरण
क्यानले केन्द्रीय उपाध्यक्षसहित चार जनालाई सोध्यो स्पष्टीकरण

: नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय उपाध्यक्षसहित चार जनालाई स्पष्टीकरण सोधेको छ। बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय उपाध्यक्ष रोशनकुमार सिंह, केन्द्रीय सदस्यद्वय माधवकुमार कर्माचार्य र दर्गाराज पाठक र सुनसरी अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोधेको हो।


संघको निर्णय विपरीत हुँदै नभएको आधारहीन विषयमा अन्तर्वार्ता दिएको भन्दै उनीहरूमाथि स्पष्टीकरण सोधिएको क्यानले विज्ञप्ति जारी गरेको जानकारी दिएको छ।

'विश्वकप क्रिकेटमा सहभागिताका दौरान नेपाल क्रिकेट संघ र संघका पदाधिकारीहरुलाई लक्षित गरेर विभिन्न मिडिया तथा सामाजिक संजालहरुमा संघका पदाधिकारी, सदस्य, संघसँग आवद्ध प्रदेश तथा जिल्ला संघका पदाधिकारीहरुले संघको निर्णय विपरीत हुँदै नभएको आधारहिन कुराहरुको अन्तर्वार्ता एवंम भ्रामक प्रचार गरी समाजिक संजालमा समेत सेयर गरेको पाईएको र जसले गर्दा समग्र नेपाली क्रिकेटको सफलताका लागि एकजुट भएको अवस्थामा पनि संघसँग सम्वन्धित व्यक्तिहरुको विवादास्पद अभिव्यक्तिले गर्दा संघप्रति नकारात्मक सन्देश गएको यस संघले महशुस गरेकाले त्यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई संघको विधान बमोजिम स्पष्टीकरण सोधि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पारित गरियो,' विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...