मुख्य समाचार
सन्दीप लामिछानेलाई 'ए' ग्रेडमा अनुबन्धन गर्ने क्यानको निर्णय
सन्दीप लामिछानेलाई 'ए' ग्रेडमा अनुबन्धन गर्ने क्यानको निर्णय

: नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई 'ए' ग्रेडमा अनुबन्धन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले ६ महिनाका लागि केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरेको हो।



उनको अनुबन्धन जुलाई १ देखि डिसेम्बर ३१ सम्म रहने क्यानले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ। टी-२० अन्तर्राष्ट्रियमा एक सय रन पूरा गरेकोमा क्यानले लामिछानेलाई बधाइसमेत दिएको छ।

बलात्कार अभियोग लागेपछि लामिछाने केही समय निलम्बनमा परेका थिए। उच्च अदालत पाटनले सफाइ दिएपछि विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका थिए। उनले बंगलादेशविरुद्ध दुई विकेट लिँदै सय विकेट पूरा गरेका थिए। अमेरिकाले भिसा नदिँदा उनले नेदरल्यान्ड्विरुद्धको खेल भने गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...