मुख्य समाचार
पोर्चुगललाई पेनाल्टी सुटआउटमा रहाउँदै फ्रान्स सेमिफाइनलमा
पोर्चुगललाई पेनाल्टी सुटआउटमा रहाउँदै फ्रान्स सेमिफाइनलमा

। पोर्चुगललाई पेनाल्टीसुटआउटमा पराजित गर्दै फ्रान्स युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको खेलमा दुई पटकको विजेता फ्रान्सले एक पटकको विजेता पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गरेको हो ।

फ्रान्सका लागि थियो हर्नानर्डजले विजयी पेनाल्टी प्रहार गरे । त्यसअघि उसमान डेम्बेले, युसुफ फोफाना, जुल्स मोन्डे र ब्राडली बार्कोलाले गोल गरेका थिए ।

पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो, बर्नार्ड शिल्भा र नुनो मेन्डेजले गोल गरे । जाओ फेलिक्स भने गोल गर्न असफल भए । उनको प्रहार पोष्टमा लाग्यो ।

त्यसअघि निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्तमा गोलरहित भएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो ।

क्रिस्टियानो रोनाल्डो भर्सेस केलिएन एमबाप्पेबीचको खेलको रुपमा हेरिए पनि दुवैले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । एमबाप्पे अतिरिक्त समयमा सब्सिच्युट भएका थिए ।

आफ्नो करियरकै अन्तिम युरो खेलिरहेका रोनाल्डोको दोस्रो पटक युरो जित्ने लक्ष्य भने अधुरै रह्यो । उता नाकमा चोट लागेपछि मास्क लगाएर खेलिरहेका एमबाप्पेको प्रदर्शन अपेक्षा गरिए अनुसार देखिएको छैन ।

अब फ्रान्सले सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । पहिलो क्वाटरफाइनलमा स्पेनले आयोजक जर्मनीलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...