मुख्य समाचार
भारत जिम्बावेसँग पराजित
भारत जिम्बावेसँग पराजित

– भारत पहिलो टी-२०आई खेलमा घरेलु टोली जिम्बावेसँग १३ रनले पराजित भएको छ । योसँगै पाँच खेलको सिरिजमा जिम्बावेले १(-०को अग्रता लिएको छ ।

११६ रनको लक्ष्य पछ्याएको भारत १९.५ ओभरमा १०२ रनमा अल आउट भयो । कप्तान शुभमन गिलले २९ बलमा ५ चौकासहित सर्वाधिक ३१ रन बनाए । वासिन्टन सुन्दर २७, आवेश खान १६, ऋतुराज गायकवाड ७, रियान पराग २, ध्रुव जुरेल ६, रवि विश्रोई ९, अभिषेश शबबर्मा र रिंकु सिंहले खाता खोल्न सकेनन् ।


जिम्बावेका सिकन्दर राजाले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । टेन्डाई चटराले ३.५ ओभरमा १६ रन खर्चेर ३, ब्लेसिङ मुर्जाबानी, ब्रायन बेनेट र वेलिंग्टन मसाकाड्जा र ल्यूक जोंगवेले १-१ विकेट लिए ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावेले २० ओभरमा ९ विकेट गुमाउँदै ११५ रन जोडेको थियो । वेस्ली मधेभरेले २१, ब्रायन बेनेटले २२, डिओन मेयर्स २३ र क्लाइभ माडान्डेले २९रन बनाए ।



भारतका स्पिनर रवि विश्रोईले ४ ओभरमा २ मेडनसहित १३ रन खर्चेर ४ विकेट लिए । वासिन्टन सुन्दरले २, आवेश खान र मुकेश कुमारले १–१ विकेट लिए । भारतले आफ्नो दोस्रो रोजाईको टोली जिम्बावे भ्रमणमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...