मुख्य समाचार
युवतीका नांगा पाइतालाले अंगुर किचेर बनाइएको वाइन, एक बोतलको १७ हजार
युवतीका नांगा पाइतालाले अंगुर किचेर बनाइएको वाइन, एक बोतलको १७ हजार

आफ्ना नग्न खुट्टालाई प्रस्तुत गरेर चर्चा कमाइरहेकी एक बेलायती मोडेलले अर्को गज्जबको व्यापार सुरु गरेकी छिन् ।

उनले आफ्नै नांगा पाइतालाले अंगुर किचेर विशेष वाइन तयार पारेकी छिन् । उक्त सीमित परिमाणको वाइनलाई उनले १ सय पाउण्ड अर्थात् करीब १७ हजार नेपाली रुपैयाँ प्रति बोतलमा बिक्री गरिरहेकी छिन्।




३० वर्षीया एमिली रायका अनुसार उनको खुट्टाको कलामा रहेको विज्ञतालाई मध्यनजर गर्दै लण्डनस्थित वाइन उत्पादक रेनेगेड अर्बन वाइनरीले उनीसँग सहकार्यका लागि प्रस्ताव गर्‍यो ।

आफूलाई कामोत्तेजक खुट्टाकी प्रतिकको रुपमा प्रस्तुत गर्दै आएकी उनले परम्परागत पद्धतिमा फर्किँदै अब चाहिँ पाइतालाले अंगुर थिचेर रस निकालेर सिम्प वाइन नामक विशेष वाइन तयार गर्दैछिन् ।



उनका फ्यानहरुको उनको नांगो पाइतालाले किचिएको अंगुरबाट उत्पादित वाइन पिउन लालायित छन् र त्यसका लागि १ सय पाउण्ड तिर्न तयार छन् । आफूले आफ्ना प्रशंसकहरुको खुसीका लागि आफ्नो जीवनलाई नै जोखिममा राखेको उनी दाबी गर्दछिन् ।

स्कटिस दैनिक पत्रिकालाई उनले बताए अनुसार पाइतालाले अंगुर थिच्ने क्रममा उनी अंगुरको बोक्रामा चिप्लिएर भण्डै लडिनन्। सिम्प वाइन खासगरी स्पेनको क्याटालोनिया र लेबनानमा फलेका अंगुरबाट तयार पारिन्छ ।

इमिलीको खुट्टाले अंगुर थिचेर तयार पारिएको उक्त वाइन केवल निश्चित वेबसाइटमार्फत् अनलाइनमा मात्रै किन्न पाइने बताइएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी सिनेटमा सटडाउन अन्त्य गर्ने पक्षमा ६० मत र विपक्षमा ४० मत परेको छ । डेमोक्रेटिक पार्टीका आठ सांसद्ले सरकार र रिपब्लिकन पार्टीका नेतालाई सटडाउन खोल्न दिने समझदारी गरेको केही समयपछि सिनेटमा मतदान भएको हो । यसलाई लामो समयदेखिको सटडाउन अन्त्य हुने दिशाको पहिलो कदमका रुपमा लिइएको छ । सटडाउन तत्कालै अन्त्य गर्ने र ...
अमेरिकामा तीव्र गतिमा गुडिरहेको कार बारमा ठोक्कियो, ४ जनाको मृत्यु
: अफगानिस्तानको तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ। इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगानिस्तानमाथि सार्ने प्रयास गरेको आरोप लगाएको छ। अफगान तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,'इस्लामिक इमिरेट्सको असल नियत र मध्यस्थकर्ताहरूको सबै प्रयासका बाबजुद पनि पाकिस्तानी प्रतिनिधिमण्डलको गैरजिम्मेवार व्यवहारका कारण वार्ता कुनै ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा आयोजना हुने जी–२० शिखर सम्मेलनमा अमेरिकाले भाग नलिने बताएका छन्। ट्रम्पको निर्णय दक्षिण अफ्रिकामा गोरा मानिसमाथि दमन भइरहेको दाबीबाट उत्पन्न भएको हो। तर यी दाबीलाई व्यापक रूपमा झूटा र आधारहीन मानिएको छ। अमेरिकी राष्ट्रपतिले यो बैठक दक्षिण अफ्रिकामा आयोजना हुनु एकदमै लज्जास्पद भएको बताए। यस महिनाको अन्त्यमा जोहानेसबर्गमा जी–२० ...
। अमेरिकामा जारी सरकारी बन्द (शटडाउन) का कारण हवाई सेवा व्यापक रूपमा अवरुद्ध भएको छ । सङ्घीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात घटाउने आदेश दिएका कारण शनिबार साँझसम्म मात्र अमेरिकी एयरलाइन्सहरूले सप्ताहन्तभर दुई हजार ५०० भन्दा बढी उडान रद्द गरेका छन् । सरकारी बन्द कहिले अन्त्य हुने कुनै सङ्केत नदेखिएपछि देशका प्रमुख विमानस्थलहरूमा यात्रुहरू अलमलमा परेका ...