मुख्य समाचार
पानामाको पोष्टमा ५ गोल गर्दै कोलम्बिया सेमिफाइनलमा
पानामाको पोष्टमा ५ गोल गर्दै कोलम्बिया सेमिफाइनलमा

। पानामालाई ५-० ले पराजित गर्दै कोलम्बिया कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

अरिजोनास्थित स्टेट फार्म स्टेडियममा आइतबार बिहान भएको क्वाटरफाइनलमा कोलम्बियाले सहज जित निकालेको हो ।

कोलम्बियाले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गर्‍यो । उसका लागि जुवान कोर्डोबाले आठौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । जेम्स रोड्रिगेजले १५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने लुइस डियाजले ४१औं मिनेटमा गोल गरे । यस्तै रिचार्ड रिओसले ७०औं र मिगुएल बवर्जाले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरे ।

कोलम्बिया लगातार दोस्रो पटक कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि २०२१ मा भएको कोपामा कोलम्बिया सेमिफाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । पछि अर्जेन्टिनाले उपाधि जित्यो ।

अब कोलम्बियाले सेमिफाइनलमा ब्राजिल र उरुग्वेबीचको बिजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...