मुख्य समाचार
युरो २०२४ को सेमिफाइनल समीकरण पूरा
युरो २०२४ को सेमिफाइनल समीकरण पूरा

। जर्मनीमा भइरहेको युरो २०२४ को सेमिफाइनल समीकरण तय भएको छ ।

शनिबार राति भएको अन्तिम दुई क्वाटरफाइनल पछि सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको हो ।

तीन पूर्वविजेता स्पेन, फ्रान्स र नेदरल्याण्ड्ससँगै साविक उपविजेता इंग्ल्याण्ड अन्तिम चारमा पुगेका छन् ।

अब पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्ससँग र दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्सले इंग्ल्याण्डसँग खेल्नेछ ।

नेदरल्याण्ड्सले टर्कीविरुद्ध २-१ को पुनरागमन जित्दै तथा इंग्ल्याण्डले स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराएर सेमिफाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि स्पेनले आयोजक जर्मनीको चुनौती समाप्त गरेको थियो भने फ्रान्सले पोर्चुगललाई पेनाल्टीसुटआउटमै हराएको थियो ।

जर्मनीसँगै सर्वाधिक ३ पटक उपाधि जितेको स्पेन चौथो पटक च्याम्पियन बन्दै सर्वाधिक सफल टोली बन्ने लक्ष्यमा छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरो जितेको थियो । फ्रान्सले भने १९८४ र २००० मा उपाधि जितेको थियो ।

स्पेन र इंग्ल्याण्ड लगातार दोस्रो पटक सेमिफाइनलमा पुगेका हुन् । २०२१ को युरोमा स्पन सेमिफाइनलमा इटलीसँग पराजित भएको थियो भने इंग्ल्याण्ड फाइनलसम्म पुगेको थियो । तर पेनाल्टीसुटआउटमा इंग्ल्याण्ड इटलीसँग पराजित भएको थियो ।

फ्रान्स भने २०१६ पछि सेमिफाइनलमा पुगेको हो । त्यसबेला फ्रान्स घरेलु मैदानमै फाइनलमा पोर्चुगलसँग पराजित भएको थियो ।

नेदरल्याण्ड्स भने २० वर्षपछि युरोको सेमिफाइनलमा पुगेको हो । सन् २००४ मा सेमिफाइनल खेलेको नेदरल्याण्ड्स पोर्चुगलसँग पराजित भएको थियो । सन् १९८८ मा युरो जितेको नेदरल्याण्ड्स ३६ वर्षपछि युरो उपाधि जित्ने लक्ष्यमा छ ।

सेमिफाइनल खेल तालिका

९ जुलाई : स्पेन भर्सेस फ्रान्स, मध्यराती १२:४५ बजे

१० जुलाई : नेदरल्याण्ड्स भर्सेस इंग्ल्याण्ड, मध्यराती १२:४५ बजे

फाइनल

१४ जुलाई : सेमिफाइनल वानको विजेता भर्सेस सेमिफाइनल टु को विजेता

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...