मुख्य समाचार
मिस नेपालमा सहविधाको प्रतिस्पर्धा सुरु, यी हुन् ‘मिस भिजिनरी’ का उत्कृष्ट ५ सुन्दरी
मिस नेपालमा सहविधाको प्रतिस्पर्धा सुरु, यी हुन् ‘मिस भिजिनरी’ का उत्कृष्ट ५ सुन्दरी

। मिस नेपाल-२०२४ मा सहविधाको प्रतिस्पर्धा सुरु भएको छ । शनिबार आयोजित पहिलो दिनको सब–टाइटल प्रतिस्पर्धा ‘मिस भिजिनरी’मा २६ जना फाइनलिस्टले प्रतिस्पर्धा गरे ।

आईभीएफ सेन्टर वात्सल्यले प्रायोजन गर्ने यो प्रतिस्पर्धाका अन्तिम पाँच प्रतिस्पर्धी छनोट भएका छन् । जसमा सुमना केसी, निभिता चापागाईं, सायरा खड्का, शुभेच्छा निरौला र श्रद्धा सुमन सिलवाल छन् ।




यो सहविधाका विजेता भने प्रतियोगिताको फिनालेमा घोषणा हुने जनाइएको छ । यो सहविधाको जजको रुपमा वात्सल्यका अध्यक्ष प्रशान्त सुवेदी, पूर्वमिस नेपाल अर्थ सरिशा श्रेष्ठ, मेडिसिटी अस्पतालकी वरिष्ठ परामर्शदाता सुनिधि मास्के जजको रुपमा थिए ।

मिस वर्ल्डको ‘हेड टु हेड च्यालेन्ज’ को शैलीमा यो सहविधा आयोजना गरिएको हो । आयोजक द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारका अनुसार बाँकी सहविधाका प्रतिस्पर्धा पनि चाँडै हुनेछन् ।





ट्यालेन्ट शो, स्वीमसुट, फार्मसी अफ द इयर, मिस डीएचआई, जुभारा मिस हाइजिन, ब्रिज मिस कन्फिडेन्ट, मिस फोटो फोटोजेनिक, मिस हेल्दी स्किन, ब्युटी विथ अ पर्पस सहविधाका पनि प्रतिस्पर्धा हुँदैछन् ।

यस वर्षको संस्करणको फिनाले साउन १९ गते ललितपुरमा आयोजना हुँदैछ । मिस नेपालको अफिसियल अनलाइन पार्टनरको रुपमा अनलाइनखबर डटकम र टेलिभिजन पार्टनरको रुपमा हिमालय टिभी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ । ‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । ...
। कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले एएफपीलाई बताएका छन् । यसविरुद्ध पुनरावेदन गरिने वकिल मुस्तफा निलीले समाचार संस्था एएफपीलाई बताए । इरानले उक्त सजाय सुनाइरहँदा पनाही चाहिँ अमेरिकाको न्यूयोर्कमा ...