। इंग्ल्याण्डका फरवार्ड बुकायो साकाले आफ्नो टिमका खेलाडीहरुको जीवन परिवर्तन गर्न र इतिहास बनाउनका लागि अब दुई खेल मात्र टाढा रहेको बताएका छन् ।
जर्मनीमा जारी युरो २०२४ अन्तर्गत स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनल पुगेपछि साकाले यस्तो बताएका हुन् ।
सन् २०२० को युरो फाइनलमा इटलीविरुद्ध साकाले पेनाल्टी मिस गरेका थिए। जहाँ इंग्लयाण्ड पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेता बनेको थियो । इटलीविरुद्ध पेनाल्टी मिस गरेपछि आफूले पेनाल्टी हान्न अझै धेरै अभ्यास गरेको बताए ।
यसपटक इंग्ल्याण्डले स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ५-३ गोलले हरायो ।
‘हामीलाई थाहा छ । अब दुई खेल बाँकी छ र जसले हाम्रो जीवन परिवर्तन गर्न सक्छ र केही इतिहास पनि बन्नेछ जुन अहिलेसम्म भएको छैन ।’ साकाले भने । ‘हामीले अहिले त्यसैमा केन्द्रित छौँ । हामी आजको रात रमाइलो गर्छौँ र अर्को खेलमा केन्द्रित हुनेछौँ ।’ साकाले स्वीट्जरल्याण्डलाई हराएपछि भनेका छन् ।
इंग्ल्याण्डका प्रशिक्षक ग्यारथे साउथगेटले पनि आफ्नो टिम ऐतिहासक बनाउनबाट केही कदम टाढा रहेको बताएका छन् ।
इंग्ल्याण्डले युरो २०२४ को दोस्रो सेमिफाइनलमा बुधबार नेदरल्याण्ड्ससँग डर्टमण्डमा खेल्नेछ ।